0 0
Read Time:1 Minute, 47 Second

४ जेष्ठ २०७८, सारासन्देश समाचार– झापाको हल्दीबारी गाउँपालिका अध्यक्षमा पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्रप्रसाद लिङ्देन निर्वाचित हुनु भएकाे छ । लिङ्देनले उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २ हजार  १ सय ९० मतले पछि पार्दै निर्वाचित हुनु भएकाे हाे । उहाँले ६ हजार ८ सय ५६ मत प्राप्त गर्नु भएकाे छ ।

यस्तै उपाध्यक्ष पदमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली ५ हजार ७८ मत ल्याएर निर्वाचित हुनु भएकाे छ । उहाँकाे निकतम प्रतिद्धन्द्धी एमालेकी शान्तादेबी गौतमले ४ हजार १ सय ६ मत प्राप्त गर्नु भएकाे छ ।  ५ वटा वडा रहेको हल्दीबारीमा २ वटा वडाअध्यक्ष राप्रपा, एउटा माओवादी, एउटा एमाले र एउटा वडाअध्यक्ष कांग्रेसले जितेको छ । वडा नं. १ मा राप्रकाका देवीबहादुर थापा, वडा नं. २ मा माओवादी केन्द्रका शुकलाल राजबंशी, ३ नं. मा वडा एमालेका बिष्णुप्रसाद ओली, वडा नं. ४ मा राप्रपाका सन्तकुमार थापा र वडा नं. ५ मा कांग्रेसका खड्ग लावती वडाअध्यक्षमा निर्वाचित भएका छन् ।  गाउँपालिकामा जम्मा १७ हजार २ सय ९९ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *