झापा गाउँपालिकामा फेरी शाह विजयीः २ वटा बाहेक ५ वडामै काँग्रेस

५ जेष्ठ २०७९/सारासन्देश समाचार
झापाको झापा गाउँपालिकामा यस पटक पनि नेपाली काँग्रेशले नै विजय प्राप्त गरेका गरेको छ । गाउँपालिका अध्यक्षमा पुनः जयनारायण शाह नै विजयी बन्नु भएको छ । यस अघि एमालेबाट उपाध्यक्ष जितेको झापा गाउँपालिकामा यस पटक भने उपप्रमुख सहित ५ वटा वडामा काँग्रेसले नै विजय हात पारेको छ । अध्यक्ष साहले ६ हजार ९ सय ९८ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका गौरीशंकर राजवंशीले ६ हजार ३ सय ६५ मत ल्याउनु भएको छ ।
उपाध्यक्षमा कांग्रेसकी अञ्जुदेवी थपलिया निर्वाचित हुनु भएको छ । उहाँले ५ हजार ८ सय ६८ मत प्राप्त गर्नु भयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी देवीमाया अधिकारीले ४ हजार ३ सय ७१ मत प्राप्त गर्नु भयो ।
७ वटा वडा रहेको झापा गाउँपालिकामा ५ वटा कांग्रेस र दुईवटामा स्वतन्त्रले जितेका छन् । वडा नं. ३ र ५ मा स्वतन्त्र उम्मेद्वारमा क्रमशः सुभाषलाल गणेश र कृष्णप्रसाद राजवंशी विजयी भएका छन् । यस्तै वडा नं. १ बाट राजकुमार यादव, २ मा हिमाल कुमार चम्लागाँई, ४ मा महमद ताहिर, ६ मा नविन किशोर थापा र ७ मा शखिचन्द्र ठाकुर विजयी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हल्दिबारीकाे अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी
Next post झापामा ६ पालिकाको परिणाम घोषणा (मत विवरण सहित)