झापामा ६ पालिकाको परिणाम घोषणा (मत विवरण सहित)

कहाँ कसले जित निकाले ?

कन्काइ र भद्रपुकाे प्रमुखमा एमाले र काँग्रेश

५ जेष्ठ २०७९/डिकेश लामा
झापामा आजसम्म २ नगर सहित ५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । नगरमा कन्काई र भद्रपुरको मतगणना सकिएको छ । कन्काई नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याएर दोहोर्याउने अवसर पाउनु भएको छ । पोखरेलका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्रबाट जेव्रा चिन्हबाट उठ्नु भएका शेरबहादुर थापाले ५ हजार ६ सय ९१ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा काँगे्रशकी आशा शिवाकोटी १० हजार ७ सय १३ मतले विजय हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी मन्जु प्रसाईंल ८ हजार ८ सय ४५ प्राप्त गर्नु भएको छ । यस्तै भद्रपुरको प्रमुखमा नयाँ अनुहारको रुपमा काँग्रेशबाट गणेश पोखरेलले १२ हजार ५ सय २५ मतले विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी असारु राजवंशीले ९ हजार ७ सय ५९ मत प्राप्त गर्नु भएको छ । यस्तै उपप्रमुखमा राप्रपाकी राधा कार्की ९ हजार २ सय ३० मतले निर्वाचित हुनु भएको छ । यस्तै उहाँको निकटम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार राज भण्डारीले ८ हजार ५ सय ३३ मत प्राप्त गर्नु भएको छ ।


कचनकवलमा काँग्रेस एमाले विजयी

यस्तै यता कचनकवल गाउँपालिकामा काँग्रेश एमालेको तालमेलबाट बनेको गठबन्धनले काँग्रेशमा कालेन्द्रप्रसाद सिंह राजबंशी विजयी हुनु भएको छ । उहाँले पूर्व अध्यक्ष समेत रहनु भएको राप्रपाका अन्जारा आलामलार्ई हराउनु भएको छ । राजवंशीले ११ हजार ४ सय ५७ र आलामले ६६६७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेका नवराज न्यौपानेले ८ हजार १ सय ४३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८ सय २ मत प्राप्त गर्नु भएको छ ।

हल्दिबारीमा राप्रपा

यस्तै हल्दिबारी गाउँपालिकामा भने राप्रपाका रविन्द्र लिङ्देनले पुन अध्यक्ष पदमा विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले भने ४ हजार ६ सय ६६ मत प्राप्त गर्नु भएको छ । यस्तै उपाध्यक्षमा पनि राप्रपाबाट ५ हजार ५८ मत ल्याउँदै लक्ष्मीदेवी मैनाली विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतम्ले ४ हजार १ सय ४ मत ल्याउनु भएको छ । कचनकवलको अध्यक्षमा काँग्रेशका कालेन्द्रप्रसाद सिंह राजबंशी र उपाध्यक्षमा एमालका नवराज भट्टराई विजयी बनेका छन् ।

बाह्रदशीमा एमाले विजयी

यस्तै बाह्रदशीमा काँग्रेशलाई हराउँदै एमालेले विजय प्राप्त गरेको छ । अध्यक्षमा देविन्द्रप्रसाद चम्लागाँईले ७ हजार १ सय ४८ मतले विजय हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी खड्गप्रसाद राजवंशीले ४ हजार ३ सय ६१ मत प्राप्त गर्नु भएको छ । यस्तै उपाध्यक्षमा शान्तादेवी शिवाकोटीले ६ हजार ६ सय ३६ मतले विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी कमला राजवंशीले ४ हजार १ सय ९५ मत प्राप्त गर्नु भएको छ ।


झापामा काँग्रेश विजयी

झापा गाउँपालिकामा यस पटक पनि नेपाली काँग्रेशले नै विजय प्राप्त गरेका गरेको छ । गाउँपालिका अध्यक्षमा पुनः जयनारायण शाह नै विजयी बन्नु भएको छ । यस अघि एमालेबाट उपाध्यक्ष जितेको झापा गाउँपालिकामा यस पटक भने उपप्रमुख सहित ५ वटा वडामा काँग्रेसले नै विजय हात पारेको छ । अध्यक्ष साहले ६ हजार ९ सय ९८ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका गौरीशंकर राजवंशीले ६ हजार ३ सय ६५ मत ल्याउनु भएको छ ।
उपाध्यक्षमा कांग्रेसकी अञ्जुदेवी थपलिया निर्वाचित हुनु भएको छ । उहाँले ५ हजार ८ सय ६८ मत प्राप्त गर्नु भयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी देवीमाया अधिकारीले ४ हजार ३ सय ७१ मत प्राप्त गर्नु भयो ।
७ वटा वडा रहेको झापा गाउँपालिकामा ५ वटा कांग्रेस र दुईवटामा स्वतन्त्रले जितेका छन् । वडा नं. ३ र ५ मा स्वतन्त्र उम्मेद्वारमा क्रमशः सुभाषलाल गणेश र कृष्णप्रसाद राजवंशी विजयी भएका छन् । यस्तै वडा नं. १ बाट राजकुमार यादव, २ मा हिमाल कुमार चम्लागाँई, ४ मा महमद ताहिर, ६ मा नविन किशोर थापा र ७ मा शखिचन्द्र ठाकुर विजयी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा गाउँपालिकामा फेरी शाह विजयीः २ वटा बाहेक ५ वडामै काँग्रेस
Next post केपी ओलीको गृहनगरमै एमालेको हार