भारतबाट पेट्राेल अझै बढेकाे नयाँ सूची आयाे

१८ जेष्ठ २०७९,काठमाडौँ –  नेपाल सरकारले पेट्राेलियम पदार्थकाे मुल्य घटाउने तयारी गर्दै गर्दा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ । ‘नयाँ मूल्य सूची अनुसार अब पेट्रोलकाे घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा पुग्ने निगमले जानकारी दिएकाे छ  ।  डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ अझै घाटा नै छ ।  समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी पर्ने र निगमले हाल आईओसीलाई पुरानाे करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यस बर्ष झापामा मकै उत्पादनमा गिरावट (फाेटाे फिचर सहित)
Next post झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियाेजनः कुन पालिकामा कति?