घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ

१९ जेष्ठ २०७९,काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १० रूपयाँले घटाएको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो । अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ । तर यसरी मुल्य घटाउँदा ठूलाे नाेक्सान व्यहाेर्नु परेकाे निगमका सह प्रबक्ता पुस्कर कार्कीले विज्ञप्ती मार्फत जानकारी दिनु भएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post माेटरसाइकल चाेरी गर्ने ८ जना पक्राउ पछि सार्वजनिक
Next post झापामा सुपारीको मुल्य बृद्धि भए पनि आर्थिक कारोवारमा समस्या (फाेटाे फिचर सहित)