झापामा सुपारीको मुल्य बृद्धि भए पनि आर्थिक कारोवारमा समस्या (फाेटाे फिचर सहित)

२० जेष्ठ २०७९/डिकेश लामा

लगातार २ बर्ष कोरोना कहरले समस्यामा परेका सुपारी किसानले यस बर्ष बजार मुल्य राम्रो पाएका छन् । तर आर्थिक मन्दीका कारण व्यवासायीहरुले नगद कारोवारमा भने समस्या भएको बताएका छन् । विगत दुई बर्षमा नआएको मुल्य यस बर्ष सुपारी किसानले पाएका छन् । यस बर्ष काँचो सुपारी ७५ रुपयाँ र सुकेको ५ सय ५० रुपयाँ प्रति केजी विक्री भइरहेको छ । यस अघि लकडाउनको वेला मुल्य नपाएका किसानले राम्रो मुल्य पाएको बताएका छन् ।

पछिल्लो समय झापामा सुपारी खेती तर्फ किसानको आकार्षण बढ्दै गएको छ । तर खेती विस्तारको लागि सरकारले जोन मार्फत यथेष्ठ बजेट दिन नसक्दा अझै पनि झापामा भने जस्तो खेती विस्तार हुन नसकेको नेपाल सुपारी खेती विकास समितिका उपाध्यक्ष निलकण्ठ तिवारीले बताउनु भयो ।

सुपारी खेतीको विकासका लागि यस बर्ष सुपारी जोन कार्याक्रमले आधुनिक प्रशोधन मेशिनमा अनुदान उपलव्ध गराएको छ । अवको दिनमा गुणस्तरीय सुपारी उत्पादन गर्ने दिशामा किसानलाई सहयोग गर्दै आएको जोन कार्याक्रमका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार यस बर्ष मेशिनरी र उपकरणमा सहयाेग गरेकाे बताउनु भयाे ।

नेपालमा ८० प्रतिशत सुपारी खेती झापा जिल्लामा मात्र हुने गर्दछ । सरदर बार्षिक ६८ हजार मेट्रिक टन काँचो सुपारी उत्पादन हुने जिल्लामा कोरोना कहर पछि यस बर्ष उच्च मुल्य पाए पनि वैंकिङ्ग कारोवार सहज नहुँदा समस्या भएको किसानले बताएका छन् । झाापामा विगत ५ बर्ष देखि सुपारीजाेन कार्यक्रम संचालन हुँदै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ
Next post नेपालमा थप २६ जनामा काेराेना संक्रमण