झापामा ‘सक्रीय पत्रकार सञ्जाल ’ गठन
२५ जेष्ठ २०७९,सारासन्देश समाचार– झापा जिल्लाको माइपश्चिम क्षेत्रलाई कार्यथलो बनाएर विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्दै आएका क्रियाशील पत्रकारहरुको भेलाले आज ‘सक्रीय पत्रकार सञ्जाल ’ गठन गरेकाे छ ।
बुधबार दमकमा भएको भेलाले गिरीराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएकाे छ । गठित समितिको उपाध्यक्षमा अनिलदेव राई , सचिवमा चिरन्जीवि घिमिरे,कोषाध्यक्षमा बिष्णु पौडेल चुनिएका छन् । यसैगरि सदस्यहरुमा आत्माराम राजवंशी,सेसहाङ फियाक, शान्ति सुब्बा, गोविन्द ल्वागुन, शुष्मा नेपाली रहेका छन् ।
यस्तै भेलाले बिमल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन समेत गरेकाे छ । सल्लाहकार समितिको सदस्यहरुमा विष्णु सुब्बा, डिकेश लामा, डण्डीराज घिमीरे, दुर्गा पौडेल रहेका छन् ।
यसैगरि ,सोहि भेलाले सचिव घिमीरेको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेकाे छ । गठित विधान मस्यौदा समितिको सदस्यहरुमा रोमणी लामिछाने, बेणु अधिकारी, शान नपाल र सुमित भण्डारी रहेका छन् । त्यस अवसरमा बोल्दै पत्रकारका अगुवाहरुले पत्रकारहरुको व्यवसायिक बृद्धिविकमसमा लाग्न सकेमात्र पेशागत सुरक्षा मजवुत हुदै जाने औल्याएका छन् ।
पत्रकारकाे भेलाले पत्रकार मञ्च दमकको हुन लागेको अधिबेशनमा सहभागिता नजनाउने निर्णय गरेको छ । मञ्चले पत्रकारहरुको पेशागत हितमा काम गर्न नसकेकाले त्यसका अधिबेशन लगायतका गतिविधिमा समेत सहभागिता नजनाउने निर्णय गरेका गरेकाे सञ्जालका अध्यक्ष भट्टराइले बताउनु भयाे । पेशागत हितका सन्दर्भमा सवै पत्रकारजन्य संघसंगठनहरुसंग सहकार्य गरेर अघि बढ्ने भेलाले निर्णय गरेकाे बताइएकाे छ ।