स्थानीय सरकारलाई संचारमैत्री कार्य गर्न पत्रकार महासंघको आग्रह (फाेटाे फिचर सहित)

३१ जेष्ठ २०७९/सारासन्देश समाचार

पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्लामा रहेका १५ वटै पालिकालाई सूचनाको हकको सम्मान र संचारमैत्री भइदिन आग्रह गरेको छ । नव निर्वाचित जनप्रतिनिधिलाई बधाई र शुभकामना दिँदै महासंघका अध्यक्ष एकराज गिरी सहितको कार्य समितिले स्थानीय सरकारले उत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।

स्थानीय सरकारले व्यवसायिक र निष्पक्ष स्वतन्त्र पत्रकारिताको विकासमा राज्यले खेल्नु पर्ने भूमिका निर्वाह गर्न माग समेत गरिएको छ । आज कमल गाउँपालिकामा भएको भेटघाट कार्याक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने र कार्यकारी अधिकृत काजिमान राईले संचारकर्मीको हित र अधिकार प्रति उत्तरदायी भएर काम गर्ने बताएका छन् । यस्तै दमक नगरपालिकामा प्रमुख राम थापाले संचार क्षेत्रको विकास र सूचनाको हक प्रति नगरपालिका मैत्रीपूर्ण तरिकाले काम गर्ने बताउनु भयो । कार्याक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राई, उपप्रमुख रेगिना भट्टराई प्रसाईं लगायतको उपस्थिति रहेको छ ।

यस्तै यता गौरादह नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख छत्रपति सुवेदीले संचारमैत्री ढंगबाट काम गर्ने बताउनु भयो ।
यस्तै भारतीय सिमावर्ती क्षेत्रमा रहेको गौरीगंज गाउँपालिकामा प्रदेश नम्बर एकमै महिना नेतृत्वले जिम्मेवारिता पाएको र संचार क्षेत्रका विकास र समन्वयमा आफूहरु मैत्रीपूर्ण ढंगबाट अघि बढ्ने गाउँपालिकाकी अध्यक्ष फुलवति राजबंशीले बताउनु भयो ।

महासंघले हिजो र आज गरी झापाको १५ वटै पालिकामा पुगेर संचार क्षेत्रको विकासमा स्थानीय सरकारले उत्तरदायी र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह समेत गरिए नेपाल पत्रकार महासंघ झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकै सवै भन्दा धेरै खेती हुने रबरलाई झापामा उद्योगमा लगिँदै (फाेटाे फिचर सहित)
Next post Mostbet AZ 90 kazino azerbaycan Ən yaxşı bukmeyker rəsmi sayt