नागरिकता विधेयक अगाडि बढाइने

८ असार २०७९,काठमाडौं- सत्ता गठबन्धनको आज बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्याउने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो । याेसँगै लामाे समय देखि पूर्णता पाउन नसकेकाे विधेयक बन्ला कि भन्ने आशा पलाएकाे नागरिकता सम्बन्धी लामाे समय देखी समस्या भाेग्दै आएका समूदायका अगुवाले बताएका छन् । नेपालमा खासगरी आदिबासी जनजाति र बैवाहिक सम्बन्धमा समस्या हुँदै आएकाे छ ।

बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्माले शान्ति प्रक्रियाबारे अहिलेसम्मको प्रगति विवरण समीक्षागत रुपमा प्रस्तुत गर्नुभएको गर्नुभयो । आमा, बुवा नागरिक तर उनका सन्तान नागरिकताबिहीन भएको अवस्था अन्त्य गर्न यसको अग्रसरताका लागि सो निर्णय भएको उहाँको भनाइ छ।

मन्त्री कार्कीले बैठकमा विविध कारणले बढ्दै गएको बजारको महंगी लगायतका विषयमा पनि छलफल भएको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज थप ३१ जनामा सङ्क्रमण
Next post नेपालमा आज थप ४९ जनामा सङ्क्रमण