नेपालमा आज थप ४९ जनामा सङ्क्रमण

९ असार २०७९,काठमाडौं- नेपालमा केही दिन यता काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । आज नेपालमा हिजाे भन्दा धेरै बढेकाे छ ।  आज नेपालमा कोरोना भाइरसको थप ४९  जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ४ सय ९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा मात्र सङ्क्रमण देखिएको हो । भारतमा पछिल्लाे समय काेराेना संक्रमण बढ्न थालेसँगै नेपालमा पनि चाैथाे लहर आउने सक्ने जाेखिम रहेकाे स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । केही दिन यता नेपालमा पनि सामन्यरूपमा संक्रमितकाे संख्या बढ्न थालेकाे छ ।  भारतमा संक्रमण बढ्न थालेसँगै सिमावर्ती क्षेत्रमा कडाइ र स्वास्थ्य मापदण्ड पालनामा जाेड दिनु पर्ने स्वास्थ्य मन्त्रालयले अपील गर्दै आएकाे छ । नेपालमा अाज १२ जना निकाे भएका छन् भने १ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । याे संख्या पुनः बढ्न थालेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नागरिकता विधेयक अगाडि बढाइने
Next post अपाङ्ग भुटानी शरणार्थीलाई अमेरिकी भूटानी सुवेदी परिवारको सहयोग