दमकको १ अर्व ६३ करोडको नयाँ बजेट (फाेटाे फिचर सहित)

१० असार २०७९, सारासन्देश समाचार (फाेटाेः पर्वत तामाङ)– दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्व ६३ करोड ४० लाख ४० हजार रुपैँयाको बजेट नगरसभामा पेष गरेको छ । बजेट तर्जुमा समिती संयोजक तथा उप – प्रमुख रेगिना भट्टराईले सभामा बजेट पेश गर्नु भएको छ । यसमा ८३ करोड ३३ लाख ६० हजार अर्थात कुल बजेटको ५१ प्रतिशित बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ८० करोड ६ लाख ७९ हजार रुपैँया अर्थात कुल बजेटको ४९ प्रतिशत पँुजिगत खर्चकालागि छुट्ट्याइएको छ ।

उहाँले पेष गरेका बजेटका श्रोतका आधारमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदात मार्फत २१ करोड ९२ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ७२ लाख ६१ हजार, प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट १ करोड २३ लाख ३५ हजार रुपैँँया, प्रदेश सरकारको सवारी साधन कर बाँडफाडबाट ७० लाख ९९ हजार रुपैँया, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागीताबाट ५ करोड प्राप्त हुने अनुमान सहितको बजेट उप प्रमुख भट्टराईले नगरसभामा प्रस्तुत गर्नु भयो ।

आगामी आर्थिक बर्ष ०७९/८० मा पनि सो कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै खाली रहेका नमुना बस्तीका घरमा विपन्न परिवार पहिचान गरी बसोबासको व्यवस्था मिलाइनेछ ।’ कार्यक्रममा उल्लेख गरिएको छ । साथै कार्यक्रमले एक वर्षमा १ हजार विप्पन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गराउने गरिको कार्यक्रम पनि सार्वजनिक गरेको छ । ‘‘अति विपन्न नागरिकको स्वास्थ्य बीमा गर्नका लागि ‘‘तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी’’कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरकी उप प्रमुख रेगिना भट्टराईले जानकारी गराउनु भयो ।  विपन्नताका लागि आर्थिक बर्ष ०७९र८० मा गरिबी न्युनिकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा सहुलियत कार्ड उपलब्ध गराइने पनि कार्यक्रममा समेटिएको छ । कार्ड मार्फत शिक्षा,स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइने छ । जस अन्तर्गत क्रमशःसबै अति विपन्न परिवारहरु समेटिने लक्ष लिइएको छ । यस बर्षको बजेटले नगरका १ हजार परिवारको निशुल्क स्वास्थ्य विमा गर्ने समेत नीति तथा कार्याक्रममा प्रस्तुत गरिएको छ ।

नगरपाकिलाले विपन्नताका लागि सहुलियत पसलको व्यवस्था पनि गर्ने निति लिएको छ । ‘कम्तीमा ३ सय अति विपन्न परिवार छनौट गरी परिवार संख्याको आधारमा तोकिएको मापदण्ड बमोजिम दैनिक उपभोग्य वस्तु चामलरपिठो, दाल,नुन र तेलमा सहुलियत दिनका लागि नगरपालिकाले तोकिएको पसलबाट सञ्चालन गर्ने व्यवस्था मिलाइने उप प्रमुख भट्टराईले बताउनु भयो । सरकारको सवारी साधन कर बाँडफाडबाट ७० लाख ९९ हजार रुपैँया, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागीताबाट ५ करोड प्राप्त हुने अनुमान सहितको बजेट उप प्रमुख भट्टराईले नगरसभामा प्रस्तुत गर्नु भयो ।

बजेटले नगरपालिकाको शुसाषन, आर्थिक समृद्धि, लैङ्गीक समानता , समावेशिकरण , न्यायपूर्ण , सन्तुलित र दिगो पूर्वाधार विकासलाई समेत जोड दिने बताइएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगरसभाका सदस्यहरुलाई असार २० गते सम्ममा नगर प्रमुखलाई सुझाव पेश गरिसक्न अनुरोध गरिएको छ । त्यसपछि एघारौ नगरसभाको दोस्रो बैठक असार २७ गते बस्ने नगर प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अपाङ्ग भुटानी शरणार्थीलाई अमेरिकी भूटानी सुवेदी परिवारको सहयोग
Next post गौरादहले ल्यायो ७७ करोडको बजेट, कृषिको विकासमा जोड (फाेटाे फिचर सहित)