गौरादहले ल्यायो ७७ करोडको बजेट, कृषिको विकासमा जोड (फाेटाे फिचर सहित)

१० असार २०७९/सारासन्देश समाचार– गौरादह नगरपालिकाको १० औं नगरसभाले नीति तथा कार्याक्रम पारित गरेको छ । नगर प्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा भएको १० औं नगरसभाले ७७ करोड १७ लाखको बजेट पेश गरेको छ । सभामा उपप्रमुख जलबर्षा राजवंशीले बजेट, नीति तथा ३ वटा विधेयक पेश गर्नु भएको छ । नगरले कृषि र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सभामा आर्थिक र विनियोजन विधेयक समेत पेश गरिएको छ ।


चालु आर्थिक वर्षमा आवधिक र दीर्घकालीन नितिहरु परिणाममुखी नदेखिएकाले यस आर्थिक वर्षमा परिणाम मुखी कार्यक्रमलाई वार्षिक नीति तथा कार्यक्रममा समेटिएको उल्लेख्य गरिएको छ । गौरादह नगरपालिका भित्र बसोबास गर्ने अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेकाले किसानलाई प्रोत्साहन गर्न १० औं नगरसभामा कृषिलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याइएको छ । गौरादह नगरपालिकाको सभाहलमा नगर प्रमुख सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका भित्र रहेका सिंचाइका स्रोतहरुलाई मर्मत तथा निर्माण गर्दै किसानका खेत सम्म पानीको व्यवस्था गर्ने देखि बीउ बिजन सहज उपलब्ध गराउनुका साथै नगर भित्र प्राङ्गारीक जैविक मल उत्पादन गर्ने सम्म समेटिएका छन् ।


नगरपालिकाले यसै आर्थिक वर्षबाट गौरादहमा रहेको स्वास्थ्य केन्द्रलाई ५ बेडको अस्पताल रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । गौरादह नगरपालिका भित्र बसोबास गरेका बिपन्न वर्गका गर्भवती महिलाहरुलाई झापा तथा सुनसरी र मोरङका अस्पतालहरुमा सुत्केरी गराउन लैजान एम्बुलेन्स सेवा निशुःल्क उपलब्ध गराइने नीति तथा कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार बिकास, शहरी तथा ग्रामिण पुर्वाधार तथा भू–उपयोग, पर्यटन, उर्जा, सहकारी तथा उद्योग, सामाजिक बिकास अन्तर्गत शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी, भाषा कला साहित्य धर्म संस्कृति, लक्षित बर्ग बिकास कार्यक्रम, अपांग अशक्त तथा असहाय, बिपन्न दलित, आदिवासी, जनजाति मधेसी मुस्लिम पिछडा बर्ग, वातावरण र बिपद व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा प्रवाह, गरिबी निवारण तथा रोजगारी सृजना लगायतका बिषयलाई नीति तथा कार्यक्रममा समेटिएका छन् । प्रस्तुत बजेट तथा विधेयक आगामी २० गते १ बजेको सभाले पारित गर्ने गरी बैठक बस्ने सभाका अध्यक्ष नगरप्रमुख सुवेदीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकको १ अर्व ६३ करोडको नयाँ बजेट (फाेटाे फिचर सहित)
Next post ल्यायो कमलले ७१ करोडकाे बजेट, प्राङगरिक खेतीमा जाेड (फाेटाे फिचर सहित )