ल्यायो कमलले ७१ करोडकाे बजेट, प्राङगरिक खेतीमा जाेड (फाेटाे फिचर सहित )

१० असार २०७९, सारासन्देश समाचार–झापाको कमल गाउँपालिकाले ७१ करोडको बजेट ल्याएको छ । कमलले यस पटक कृषि क्षेत्रमा प्राङगरिक खेती प्रणालीलाई जोड दिन विशेष प्राथमिकता दिएको छ । हुकुमसिंह राईको अध्यक्षतामा भएको गाउँसभामा कमल गाउँपालिकाले ९ वटा विधेयक समेत पेश गरेको छ ।
सभामा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारीले नीति, कार्याक्रम तथा बजेट प्रस्तुत गर्दै कमलको दिगो विकासलाई बढी प्राथमिकता दिएको बताउनु भयो । सभामा कृषि क्षेत्रको विकास मार्फत उत्पादनशील रोजगारी सृजना गर्नका लागि संघ, प्रदेश र निजी क्षेत्र र गैर सरकारी क्षेत्रकार सहकारीसँग साझेदारी गरै बजेटको उदेश्य पुरा गर्ने बताउनु भयो । बजेटमा १५ वेडको तोपगाछी आधारभूत अस्पतालको निर्माणका लागि ठेक्का व्यवस्थापन भएकाले सवैको सहयोगमा चाँडै अस्पताल निर्माणमा जोड दिने बताइएको छ ।
पालिकाले २ बर्ष भित्र क्षयरोग मुक्त गाउँपालिका बनाउने अभियान संचालन गर्ने उल्लेख्य छ ।


पालिकाको सर्वाङगीण विकास लागि आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, खानेपानी तथा सरसफाई र स्वच्छता विधेयक २०७९, भूमी विधेयक २०७९, बन विधेयक २०७९, कृषि तथा पशुपन्छी विधेयक २०७९, विधायन समिति गठन तथा संचालन कार्यविधी २०७९, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा संचालन कार्यविधी २०७९, सुशासन तथा स्थानीय सेवा समिति गठन तथा संचालन कार्यविधी २०७९ पेश गरिएको छ ।
प्रशासकीय अधिकृत काजिमान राइकाे सहजीकरणमा पालिकाको समृद्धिका लागि विभिन्न १ सय ७ वटा बूँको बजेट पुस्तिका उपप्रमुख तिवारीले प्रस्तुत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहले ल्यायो ७७ करोडको बजेट, कृषिको विकासमा जोड (फाेटाे फिचर सहित)
Next post नेपालमा आज थप २९ जनामा सङ्क्रमण