मेशिनले चैते धान थन्काउँदै किसानः तर मुल्य नपाउँदा लगानीमै घाटा

१२ असार २०७९/डिकेश लामा

झापामा पछिल्लो समय पराम्परागत तरिका हातले धान काट्ने चलन हट्दै गएको छ । धान काट्ने साना रिपर देखि ठूल्ठुला हारभेष्टर मेशिनको प्रयोग बढ्न थाले पछि हातले धान काट्ने र थन्काउने चलन हट्दै गएको हो । २ बर्ष अघिसम्म रिपरको प्रयोग गरेर धान काट्ने र थ्रेसरको प्रयोग धेरै हुने गथ्र्यो । तर ठूलो हारभेष्टर भित्रिए पछि एक साथ काट्ने, झाँट्ने र धान थन्काउँन सकिने भए पछि किसानहरुले हारभेष्टरको प्रयोग गर्न थालेका छन् । जिल्लामा रहेका हारभेष्टरले मात्रै नभ्याउने भए पछि अन्य जिल्लाका मेशिन समेत झापामा आउने गरेका छन् ।

५० देखि ८५ प्रतिशतसम्म अनुदान रकम सरकारले उपलव्ध गराए पछि गत बर्ष झापामा एक साथ ६ वटा ठूला हारभेष्टर खरिद गरियो । ३० देखि ४० लाख पर्ने ठूल्ठूला मेशिन जिल्लाका गाऊँगाऊँसम्म पुगे पछि झापामा धान काट्ने देखि थन्काउने कार्यमा सहजता भएको छ । प्रति घण्टा ७ हजार रुपयाँ भाडामा लिएर किसानले धान काट्ने र थन्काउने अवसर पाएका छन् । तर बजारमा धानको उचित मुल्य नहुँदा भने किसानलाई समस्या भएको उनीहरुले गुनासो पोखेका छन् । गौरादह नगरपालिका वडा नं. ४ मा धान काटेर थन्काउँदै गरेका किसान नवराज क्षेत्रीले अनुसार अहिले धानको मुल्य भूस भन्दा सस्तो पुगेको छ । धान १५ रुपयाँ केजी हुँदा भूसको मुल्य २० रुपयाँ पर्ने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धान सुपरजोन संचालन भएको झापामा ५ बर्ष भएको छ । यस अवधिमा करोडौं रकमका मेशिनमा अनुदान दिए पछि धान राख्ने, रोप्ने देखि काट्ने र थन्काउनेसम्म मेशिनबाटै हुन थाले पछि कृषि क्षेत्रमा आधुनिकीकरण हुँदै गएको सुपरजोन कार्यान्वयन इकाइका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । तर कतिपय मेशिनको मर्मत संभार सहि तरिका र दिर्घकालिनरुपमा हुन नसक्ने देखिएकाले यसको संचालनका लागि कार्यविधि समेत बनाइएको सुवेदीले बताउनु भयो ।

जिल्लामा बर्षेनी ठूल्ठूला कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै आए पछि मेशिनको प्रयोग बढ्दै गएको छ । तर अति सानो र आवश्यक मल र विऊको सहि समयमा व्यवस्थापन नहुँदा खेती गर्न भने समस्या हुँदै आएकाले खेती गर्न किसानलाई थप चुनौती थपिदैं गएको गौरादहमा बृहतरुपमा सामुहिक खेतीमा लागेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवि भण्डारीले बताउनु भयो । झापामा पछिल्लो समय चैते धान मात्र झण्डै २० हजार हेक्टरमा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज थप २९ जनामा सङ्क्रमण
Next post वाेलेराे भीरबाट खस्दा माङ्सेबुङमा ३ जनाकाे मृत्यु