१२ असार २०७९, सारासन्देश समाचार– पाँचथरको रविबाट दमक तर्फ आउँदै गरेको बोलेरो गाडी माङसेबुङ २ दहगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् ।

प्रहरीका अनुसार आज आइतबार साढे १० बजे तिर रबिबाट दमक तर्फ आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी दुइ जनाकाे घटनास्थलमानै मृत्यु भएको थियो भने एकजनाकाे उपचारको लागी दमक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
