कन्काइ सिंचाईको जग्गा बर्षेनी अतिक्रमणमा, कार्यालय छेउमै १ सय भन्दा धेरै घर परिवारकाे बसाेवास

कन्काइ नहरकाे कार्यालय परिसरकाे तस्विर

१९ पाैष २०७७, डिकेश लामा, झापा– झापाकाे सवैभन्दा पुरानाे र ठूलाे कन्काई सिंचाई योजनाको ५ विगाह भन्दा धेरै क्षेत्रमा बसोबास गरेको सुकुम्बासी तथा नदिबाट विस्थापितहरुको बस्ती हो । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने बस्तीमा विगत ४ बर्ष यता मानिसहरुको बसोबास बढ्न थालेको छ । व्यक्तिले समेत आफ्नो नाममा रहेको दावी गर्दैै आएको उक्त जग्गा व्यक्तिलाई नभई सरकारी नै बनाउनु पर्ने सो वडाका अध्यक्ष कर्णबहादुर थापाले बताउनु भयो ।

झापाको ठूलो कन्काई सिंचाई विक्रम सम्बत् २०२९ साल देखि निर्माण थाली संचालनमा ल्याइएको हो । तत्काल सयौं विगाह जग्गा सिंचाईको भोगाधिकार भए पनि अहिले आफ्नै कार्यालय भवन समेत व्यक्तिले दाबी गर्न थालेका छन् । सिंचाई योजनाको भोगाधिकारमा रहेको जग्गा बर्षेनी अतिक्रमणमा पर्दैै गए पछि यसलाई खाली गर्ने योजनामा आफूहरु लागेको कार्यालयका प्रमुख प्रदिप बान्तवाले बताउनु भयो ।

बस्तीमा अहिले दर्जनौं घर निर्माण भईसकेका छन् । कन्काई सिंचाईको भोगाधिकार भएको जग्गा पछिल्लो समय व्यक्तिले धनिपूर्जा समेत निकाले छन् । बाढी पीडित र सुकुम्बासी बसोबास गर्दै आएको सिंचाईको जग्गा व्यक्तिले समेत दावी गर्न थाले त्यहाँ बस्ने मानिसहरु कहाँ जाने भन्ने चिन्तामा रहेको छन् ।

केही नेतृत्र र कर्मचारीको मिलेमतोमा सरकारी जग्गाहरु व्यक्तिले पास गर्ने किर्ते चलखेल अझै पनि रोकिन सकेको छैन । यस्ता कार्यले सरकारी जग्गाको अतिक्रमणसँगै सुकुम्बासी समस्या समाधानमा समेत समस्या आउने सामाजिक अगुवाले बताएका छन् ।

भिडियाे रिर्पाेट हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

https://www.facebook.com/116387043550730/videos/396786154936652

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेराेनाबीच पनि २ लाख ३० हजार पर्यटक नेपाल भित्रिए
Next post नेपालमा आज ५९४ डिस्चार्ज, ४०३ संक्रमित