नेपालमा आज ५९४ डिस्चार्ज, ४०३ संक्रमित

२० पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ सय ९४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५५ हजार ८८ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ३ प्रतिशत रहेको छ । यसैगरी आज थप ४ सय ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४४०१ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ८५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कन्काइ सिंचाईको जग्गा बर्षेनी अतिक्रमणमा, कार्यालय छेउमै १ सय भन्दा धेरै घर परिवारकाे बसाेवास
Next post हुम्लामा हिँउ ह्वात्तै बढ्याे