१५ असार २०७९,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमणकाे संख्या बढ्न थालेकाे छ । आज देशभर कोरोना भाइरस संक्रमण थप ६२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिन अनुसार १ हजार ६ सय २० जनामा कोरोना परीक्षण गर्दा ६२ जनामा मात्र सङ्क्रमण देखिएको हो । यस्तै नेपालमा आज १९ जना निकाे भएका छन् । नेपालमा हाल २ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् । याे संख्या पुनः बढ्न थालेकाे हाे ।
