सामाजिक सञ्जालको प्रयोग सम्बन्धी विधार्थीलाई सचेतना

२२ असार २०७९, झापा– झापाको कमल गाउँपालीकामा विधार्थीहरूलाई सञ्चार सम्बन्धि आधारभूत ज्ञानसंगै सामाजिक सञ्जाल प्रयोग सम्बनन्धी दुई दिने सचेतनामुलक कार्यक्रम  शुरु भएको छ । गाउँपालिकाको सहयोगमा भर्‍यागं मिडिया प्रालिले आजदेखि सञ्चालन गरेको सो अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा सामाजिक संजाल र त्यसकाे सहि तरिकाकाे उपयाेग सम्बन्धी सचेतना शुरू गरिएकाे छ । पहिलो दिन पत्रकार महासंघ झापा शाखाका सचिव समेत रहेका प्रशिक्षक डिकेश लामा, पत्रकार चिरञ्जीवी घिमिरे र बिष्णु पौडेलले सहजीकरण गर्नु भएको छ ।

दुई दिने सो कार्यक्रममा भोली इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले प्रविधिको बिकासका कारण बढेको साइबर अपराध र न्यूनिकरणका बिषयमा सहजीकरण गरिने छ ।
केर्खास्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको सो प्रशिक्षणमुलक कार्यक्रममा कमल गाउँपालिका अन्तर्गतका विभिन्न बिद्यालयमा माध्यमिक तहमा अध्ययनरत ३५ जना बिद्यार्थीहरु सहभागी छन् । कार्यक्रमको उदघाटन गर्दै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले समाजमा अति प्रयाेगमा अाएकाे तर प्रयाेग गर्न नजान्दा भएकाे नकरात्मक असरलाइ यस्ता कार्यक्रमले न्यूनिकरण गर्न सहयाेग पुग्ने बताउनु भयाे ।


कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष अग्नी कोइरालाले विज्ञान र प्रविधिको युगले अवसरहरुसंगै विभिन्न चुनौतीहरु पनि निम्त्याएको कारण फरक महत्व राख्ने यस्ता कार्यक्रमहरुको आवश्यकता र औचित्य बढेको बताउनु भयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले समाजमा बढ्दो अपराध न्यूनिकरणमा यस्ता फरक महत्व राख्ने सचेतनामुलक कार्यक्रमले योगदान दिने विश्वास व्यक्त गर्नुभयो । पहिलाे दिनकाे प्रशिक्षणले विधार्थीमा अत्याश्यवक कुराकाे ज्ञान भएकाे सहभागीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ११३ जनामा संक्रमण
Next post नेपालमा आज ७८ जनामा संक्रमण