विधार्थीलाई संचार तथा सामाजिक संजाल सम्बन्धी सचेतना सम्पन्न

२३ असार २०७९/सारासन्देश समाचार
झापाको कमल गाउँपालिका क्षेत्रका कक्षा ११ र १२ का विधार्थीहरूमाझ संचार तथा साइबर अपराध सम्बन्धी सचेतना कार्याक्रम संचालन गरिएको छ ।
गाउँपालिकाका विभिन्न विधालयका ३५ जना विधार्थीहरुलाई बर्तमान अवस्थामा सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने भन्ने विषयमा दुई दिने सचेतनामुलक कार्यक्रम आज सम्पन्न गरिएको छ ।

भ¥याङ मिडिया प्रा.लि.को आयोजना तथा कमल गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा कानुन विषयमा उच्च शिक्षा हासिल गर्नु भएका प्रहरी नायव उपरिक्षक तथा साईबर अपराध सम्बन्धीका जानकार सुवास मिश्र, पत्रकारितका विषयका प्राध्यापक डिकेश लामा र पत्रकार चिरन्जीवि घिमिरे लगायतले सामाजिक संजालको प्रयोग, अपराध, कानुन, फेक न्यूजको प्रयोगको प्रभाव लगायतका विषयमा तालिम प्रदान गरिएको आयोजक समितिले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आथित्यमा हिजाे उदघाटन भएकाे कार्याक्रममा शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले बर्तमान अवस्थामा अति आवश्यक सचेत रहनु पनर्विषयमा संचालन गरिएको तालिम धेरै प्रभावकारी भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७८ जनामा संक्रमण
Next post नेपालमा आज ९८ जनामा संक्रमण