झापामा कृषि क्षेत्रको अनुगमनः कृषिकाे विकास सन्तोषजनक (फाेटाे फिचर सहित)
३१ असार २०७९/डिकेश लामा
झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ र ज्ञान केन्द्रले कृषि क्षेत्रमा गरेको कार्यको अनुगमन तथा समिक्षा गरेको छ । जिल्लाको उच्च संयन्त्रले तीन दिन लगाएर गरेको अनुगमनमा कृषि क्षेत्रको विकास सन्तोषजनक बन्दै गएको बताइएको छ ।
झापामा परियाेजना तर्फ कृषि क्षेत्रको विकासमा बार्षिक योजना मध्ये ९३ दशमल ६३ प्रतिशत वितीय काम भएको छ । जिल्लामा उच्च संयन्त्र सहितको टोलीले हालै गरेको अनुगमनले कृषि सम्बन्धीको कामको गतिविधि सन्तोषजनक रहेको जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले बताउनु भयो । बरालको अनुसार दुई दिन लगाएर फिल्ड अनुगमन गर्दा अनुदानका कार्यक्रम सही तरिकाले गरेको पाइएको बताउनु भयो । उहाँले देशको कृषि क्षेत्रको विकास गर्ने हो भने अव स्थानीय सरकारले विशेष जोड दिनु पर्ने त्यसका लागि प्राङगरिक खेती प्रणालीलाई समेत जोड दिनु पर्ने बताउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकण परियोजना कार्यान्वयन इकाइको आर्थिक बर्ष २०७८÷०७९ मा ६ करोड लाख १७ लाख बजेट मध्ये ५ करोड १८ लाख खर्च भएको छ । यस बर्षको बजेटले कृषि क्षेत्रमा औधोगिक क्षेत्रको विकामा जोड दिएर कार्याक्रम गरिएको इकाइका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार यस बर्ष धान, सुपारी, रबर र मकै जोनको कार्याक्रमहरुले स्वदेशी हाइव्रिड विऊ उत्पादन र यान्त्रिकीकरणमा जोड दिन अनुदान उपलव्ध गराई सोही बमोजिम काम गरिएको बताउनु भयो ।
कृषि औजार, मेशिनरी सामाग्री, सिंचाई, गोदाम तथा मेशिन राख्ने घर लगायतमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलव्ध गराइएको छ । अनुदानले व्यवसायिक र बृहत खेती गर्न किसानलाई धेरै उत्साह मिलेको उनीहरुले बताएका छन् । यस बर्ष सुपारीमा समेत उद्योगधन्दा संचालन गर्ने खालका मेशिनहरु भित्राइएको मेचीनगर वडा नं. ४ मा प्रशोशन उद्योग संचालनमा ल्याउनु भएका केदार निरौलाले बताउनु भयो । १० बर्षे योजनामा कृषि क्षेत्रको विकासका लागि संचालन थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आधा भन्दा धेरै समय कृषि क्षेत्रको विकासमा काम गरिसकेको छ । बर्षेनी करोडौं रकम अनुदानमा राज्यले सहयोग गर्न थाले पछि किसानहरु आधुनिक तरिकाले खेती गर्न थाले पनि उचित बजार नहुँदा अझै समस्या भोग्नु परेको उनीहरुले बताएका छन् ।
यस्तै यता कृषि ज्ञान केन्द्रले पनि यस बर्ष गरिएकाे छ । प्रदेश सरकार माताहत रहेकाे केन्द्रमा ढिलाे एेन अाए पनि उल्लेख्य काम गर्न सकिएकाे केन्द्रका निमित प्रमुख सागर विष्टले जानकारी दिनु भयाे । विष्टका अनुसार साढे ६ कराेड बजेट मध्ये ९० प्रतिशत हाराहारीमा वितीय प्रगती भएकाे छ भने ९५ प्रतिशत भाैतिक प्रगति भएकाे छ । चैत्र अन्त्य तिर कृषि निमावली अाएर पनि यतिका काम हुनु भनेकाे कृषि क्षेत्रकाे राम्राे विकास भएकाे उहाँले बताउनु भयाे । केन्द्रले यूवा स्वराेजगार देखि अाधुनिक खेती प्रणालीमा समेत अनुदान उपलव्ध गराएकाे छ । यस्तै फलफुल खेती, तरकारी खेती लगायतमा पनि उल्लेख्य काम भएकाे बताइएकाे छ ।