काँग्रेसकी नेतृ भुषाल उपसभामुखमा निर्वाचित

३१ असार २०७९,काठमाडौँ- प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित हुनुभएको छ । आज संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी नेतृ भुसालले  १४८ मत प्राप्त गरेर उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।

प्रतिनिधि सभामा आज मतदात हुँदा जम्मा २४२ सांसदहरु रहेकामा १४८ जनाले भुषालको पक्षमा मतदान गरेका थिए भने ९३ जनाले विपक्षमा मतदान गरेका छन् । भुषाल र अर्की उमेदवार विद्या भट्टराई दुबैलाई मत दिन्न भन्ने १ मत परेको छ । प्रतिनिधि सभाको उपस्थित सदस्यहरुमध्येबाट बहुमत भुषालको पक्षमा आएपछि अर्की उमेदवार भट्टराईको प्रस्तावमा मतदान गर्न नपर्ने व्यवस्था सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनु भएकाे छ । प्रतिनिधि सभाको उपसभामुख पद २०७६ साल माघदेखि नै रिक्त रहेकाे छ । तत्कालिक उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएपछि खालि भएको सो पदमा आज निर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा कृषि क्षेत्रको अनुगमनः कृषिकाे विकास सन्तोषजनक (फाेटाे फिचर सहित)
Next post giris və qeydiyyat, bonuslar bukmeker veb saytında mosbe