झापामा सुपारीलाई उद्योगमा लगिदैंः यस बर्ष ४ वटा उद्योगमा ८० लाख अनुदान (फाेटाे फिचर सहित)

१ साउन २०७९/डिकेश लामा

झापामा पहिलो पटक सुपारी प्रशोधन र प्याकेजिङ्ग मेशिनबाटै गर्न थालिएको छ । यस बर्ष सुपारीजोन कार्याक्रमबाट मेशिन खरिदमा ८० लाख रुपयाँ अनुदान लिएर किसानले सुपारी खेतीलाई उद्योग तिर लान थालेका हुन् । जिल्लामा पछिल्लो समय सुपारी खेती विस्तार हुनेक्रम बढेर गएको छ । खेती विस्तारसँगै उत्पादन बढे पछि सुपारी खेतीमा लागेका किसानहरु उद्योग तिर लाग्न थालेको अनुदानमा उद्योग संचालन गर्न थाल्नु भएका मेचीनगर वडा नं. ४ का केदार निरौलाले बताउनु भयो । निरौलाका अनुसार अहिले सुपारी उक्काउने, काट्ने र आवश्यकता अनुसारको प्याकेजिङ्ग गर्ने मेशिन संचालन गर्न थालिएको छ । यस अघि हातको भरमा परम्परागत तरिकाले प्रशोधन गर्दै आएकोमा मेशिन आए पछि जनशक्तिको अभावलाई परिपुर्ती भएको उहाँले बताउनु भयो ।

केही बर्ष अघिसम्म हातले काटेर सुकाउने वा उसिनेर पराम्परागत तरिकाले सुपारी प्रशोधन गर्ने गरिन्थ्यो । तर जिल्लामा सुपारी जोन संचालन भएको ४ बर्षमा आइपुग्दा किसानलाई सिंचाई, गोधामघर र प्रविधि समेत अनुदानमा उपलव्ध गराए पछि उद्योग तिर लाग्न थालेको सुपारी जोन कार्यान्वयन इकाइका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार यस बर्ष दुना टपरीमा २ वटा उद्योगलाई ४० लाख र प्रशोधनमा २ वटो उद्योगलाई ४० लाखको मेशिन खरिदका लागि अनुदान उपलव्ध गराइएको छ । अनुदान पाएका कृषि सहकारी तथा समूहले ५० प्रतिशत लगानी थप गरेर मेशिन खतिरद गरी संचालन गर्न थालेको दुना टपरी उद्योग संचालन गर्दै आउनु भएका मेची नगर वडा नं. ५ को मल्टि प्रोडक्शनका संचालक यमप्रसाद निरौलाले बताउनु भयो ।


सुपारीको माग र बजार दुवै पछिल्लो समय बढ्दै गएको छ । नेपालमा ८ देखि १० अर्वसम्मको कारोवार हुने सुपारी खेतीमा राज्यले आवश्यक बजेट उपलव्ध गराउन नसकेको सुपारीजोन समन्वयन समिति झापाका संयोजक निलकण्ठ तिवारीले बताउनु भयो । तिवारीका अनुसार यस बर्ष नेपालको सवै भन्दा धेरै खेती हुने जिल्लामा ४ वटा सुपारी उद्योगमा मात्र सहयोग गर्नुले खासै खेतीको प्रगति हुन सकेको छैन । साँच्चै सुपारीको विकास गर्ने हो भने सिंचाई र उत्पादनका आधारमा अनुदान दिनु पर्ने उहाँले बताउनु भयो ।

झापामा झण्डै ३ हजार हेक्टर हाराहारी क्षेत्रफलमा सुपारी खेती हुन थालेको छ । पछिल्लो समय मुल्य र माग बृद्धि भएसँगै प्रशोधनमा मेशिनको प्रयोग बढ्न थाले पछि सुपारी खेतीमा थप आकार्षण बढ्दै गएको किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३५ जना संक्रमित थपिएः १ जनाकाे मृत्यु
Next post https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com