आज ४९५ निकाे ४०९ संक्रमित

२२ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४९५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५६ हजार १ सय ६१ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ३ प्रतिशत रहेको छ । यसैगरी आज थप ४ सय ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७ सय ६ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post श्रीमतीकाे हत्या गर्ने राई पक्राउ
Next post नेपालमा काेराेनाबाट निकाेकाे दरसँगै मृत्युदर पनि घट्याे