
श्रीमतीकाे हत्या गर्ने राई पक्राउ

२१ पाैष २०७७, इलाम/ इलामको देउमाई नगरपालिका वडा नं ८ आमबोटेका ३३ बर्षीय सुवास राईलाइ प्रहरीले हत्याकाे अभियाेगमा पक्राउ गरेकाे छ । राईले धारिलो खुकुरी प्रहार गरी आफनै श्रीमतीको हत्या गरेका छन् । हत्या गरेको आरोपमा उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको प्रहरी चाैकी जितपुले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार आज बिहान साढे ५ बजे राईले सामान्य घरायसी बादबिबादको बिषयलाई श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोलीले घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान शुरु गरेको जनाइएको छ ।
More Stories
झापामा मकै खेती र उत्पादन बढ्दैः १० अर्व मुल्यकाे मकै एकै सिजनमा उत्पादन
६ जेष्ठ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै ३ देखि ४ लाख मेट्रिक टनसम्म मकै उत्पादन गर्ने झापाका किसानले यो...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
परियाेजना मार्फत माछा पालक किसानलाई तालिम
३ जेष्ठ २०८२/झापा झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...