दमकको नगरसभा चौथो पटक पनि स्थगित
३ साउन २०७९,सारासन्देश समाचार
झापामा सवै स्थानीय तहले बजेट पारित गरिसक्दा दमक नगरको ११ औं नगरसभा भने चौथो पटक पनि स्थगित भएको छ । यस अघि असार २९ गते बसेको सभामा एमाले पार्टीका जनप्रतिनिधिले हस्ताक्षर नगरे पछि गणपुरक संख्या नपुग्दा वैठक स्थगित भएको थियो ।
आज पनि एमाले पार्टीका प्रतिनिधि ४३ जना नै उपस्थित नभए पछि गणपुरक संख्या नपुगेको भन्दै आगामी ११ गते बस्ने गरी वैठक स्थगित गरिएको नगरपालिकाका प्रमुख रामकुमार थापाले नगरसभामा जानकारी दिनु भयो ।
स्थानीय सरकारमा छायाँ सरकारको अभ्यास संविधानले नतोके पनि एमालले पार्टीका प्रतिनिधिले भने संसदीय दलको कार्यालय र सुविधाको माग गर्दै नगरसभामा अवरोध गर्दै आएका छन् । यता एमालले पक्षधर जनप्रतिनिधिले भने नगरप्रमुख थापाले पञ्चायती शैलीमा पेलेर नगरको बजेट पारित गर्न खोजेको र आफुना गुनासाहरु नसमेटिएको आरोप लगाउँदै आएको छ । यस अघिको नगरसभामा गुनासो राख्न समेत नदिएको भन्दै एमालेका प्रतिनिधिले पत्रकार सम्मेलन गर्दै प्रमुखको शैली लोकतान्त्रिक नभएर निरंकुश भएको बताएका छन् । तर स्थानीय सरकारमा प्रत्यक्ष निर्वाचित प्रमुख तथा उपप्रमुखलाई अविश्वासको प्रस्ताव ल्याइ हटाउन नसक्ने स्थानीय तह संचालन ऐन भएकाले संघीय सरकारमा एमालेले गरेको जस्तो अवरोध गर्न नहुने अन्य राजनैतिक दलले बताउँदै आएका छन् । अन्य राजनैतिक दलले समेत अहिले आएर एमालेले बहुमतको दम्भ त्यागेर जनताको प्रतिनिधिको भूमिका निर्वाह गर्नु पर्ने बताउन थालेका छन् ।
एमालेलाई बजेट पास गरेर नागरिकले लिने सेवा सुविधा नरोक्न यस अघि सँयुक्त गठबन्धनले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ । दमकमा एमाललेको दुई तिहाइ बहुमत रहेको छ । ५५ सदस्य मध्ये ४३ जना एमाले पार्टीबाट रहेका छन् ।