भूटानी करातेको कला विश्वमा कहलिँदैः दर्जनाैं स्वर्ण पदक जित्न सफल (भिडियाे रिर्पाेट सहित)

१२ साउन २०७९/डिकेश लामा

अभाव र दबावका बीचमा पनि कराते खेल क्षेत्रमा उच्च छवि बनाउँदै आएका भूटानी शरणार्थीले आफ्नो कलालाई विश्वव्यापीकरण गर्न थालेका छन् । पूर्वी नेपालको शरणार्थी शिविरबाट विश्वका ८ वटा विकसित मुलुकमा पुगेका खेलाडीले खेल क्षेत्रमा योगदान दिन थाले पछि विश्वमा भूटान कराते खेलको नाम उच्च बन्दै गएको छ ।

३ दशक देखि भूटानी शरणार्थी खेलाडीले भूटान देशकै नाममा खेल खेल्दै आएका छन् । भूटानी शासकले देशबाट लखेटे पनि त्यहि देशको नाम उच्च बनाउन खेलाडीले दर्जनौं अन्तराष्ट्रिय गोल्ड मेडल शरणार्थी शिविर भित्र भित्राउन सफल समेत बनेका छन् । पछिल्लो समय तेस्रो मुलुक पुगेका कराते खेलका अगुवाहरुबाट सहयोग हुन थाले पछि हाल शिविर र सो आसपास रहेका कराते खेलाडीलाई सहज भएको छ । सुविधा सम्पन्न भवन, म्याटमा खेलाडीहरुले सिक्ने अवसर पाएको भूटान कराते एशोशियशनका अध्यक्ष एनबी गुरुङ्गले बताउनु भयो ।


हाल भूटानी शरणार्थी शिविर स्थानीय डम्बर सुनुवारले प्रशिक्षण दिँदै आउनु भएको छ । सुनुवारका अनुसार हालसम्म भूटान देशको नामबाट धेरै वटा अन्तराष्ट्रिय खेलमा सहभागी भई धेरै वटा स्वर्ण पदक प्राप्त गरिसकिएको छ । प्रवासमा बसेर पनि भूटान करातेको नाममा अहिले विश्वभर फैलँदै गएकोमा उहाँलाई खुशी लागेको छ ।

पहिले पहिले जंगलमा लुकेर धुलो माटोमा कराते खेल्ने भूटान कराते एशोशियनका अगुवा खेलाडी तथा प्रशिक्षक टीआर राई याम्फु यतिखेर भूटानी शरणार्थी पुगेका ८ वटै मुलुकमा खेलको विकासमा जुट्नु भएको छ । अन्तराष्ट्रिय खेलमा समेत पटक पटक स्वर्ण पदक हासिल गरी सक्नु भएका हाल अमेरिकामा कराते खेलको प्रशिक्षकरुको रुपमा रहेर काम गर्दै आउनु भएका राईले शरणार्थी शिविरमा समेत सहयोग गर्दै आउनु भएको छ । पछिल्लो समय सुविधायुक्त हल र सामाग्री माझ खेलाडीहरुले खेल खेल्न पाएका छन् । यो सुविधामा खेल खेल्ने वातावरण तेस्रो मुलुक पुगेका भूटानी खेलाडीको कारण भएको पूर्व १३ औं साफ रिजन च्याम्पियन प्रतियोगितका मुख्य प्रशिक्षक मदन उप्रेतीले बताउनु भयो ।

भूटानी कराते खेलको नामबाट दर्जनौं खेलमा उच्कृष्ट स्थान हासिल गरेका भूटानीहरुले देशको नाम उच्च राख्न पाउँदा गर्व महशुष गर्ने गरेका छन् । तर ३ दशक देखि आफ्नो देश फर्कन पाउने आशा भने आशामै सिमित रहेको शिविरमा बस्दै आएका भूटानी शरणार्थीको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७१० संक्रमितः २ जनाकाे मृत्यु
Next post नेपालमा आज ५७७ संक्रमितः २ जनाकाे मृत्यु