जसपाबाट २० जना नेता सदस्य समेत नहरने गरी निष्कासन

१५ साउन २०७९, झापा–पार्टीकोकाे हित विपरित क्रियाकलाप गर्ने नेताहरुलाई जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले पार्टी सदस्य समेत नरहनेगरी निष्कासन गरेकाे छ । पार्टीले आज दमकमा पत्रकार भेटघाट आयोजना गरी विधि र विधान विपरित रहेर नेपाल समाजवादी पार्टीमा प्रवेश गर्ने जसपा दमक अध्यक्ष भेषराज भट्टराईसहित उपाध्यक्ष तुलसी ढुङगाना, सहसचिव नानु पौडेल लगायतका अन्य २० जना नेताहरुलाई निष्कासन गरी कार्वाही गरेकाे जानकारी दिएकाे छ ।

जसपा दमक नगर अध्यक्ष खेम दाहालको अध्यक्षतामा पत्रकार भेटघाट गर्दै सो पार्टीको साउन १० गतेको पदाधिकारीको बैठक र साउन १४ गते सम्पन्न नगर समितिको पूर्ण बैठककाे निर्णयले निस्कासन गरेकाे कुरा आज सार्वजनिक गरेकाे हाे ।  पत्रकार मञ्च दमकमा गरिएकाे पत्रकार सम्मेलनमा पार्टीको दमक नगर समितिले यसअघि गरेका निर्णयहरु प्रेष बिज्ञप्ती मार्फत समेत सार्वजनिक गरेको छ ।

सो बिज्ञप्तीमा पार्टीको विधि र विधान विपरित काम गर्ने जसपा दमक अध्यक्ष भट्टराईसहित उपाध्यक्ष ढुंङगाना, सहसचिव पौडेल र सदस्यहरु चन्द्र धौराली, गोपाल तामाङ, पुजन बञ्जरा, करिसा लिम्बू, ज्योती लिम्बू, युवराज तामाङ, सन्तोष अधिकारी, अविनजंग कार्की, सुवोध राजवंशी, राधिका लिम्बू, दिलकुमार पन्धाक, सुमन बुढाथोकी, नर्वु योङहाङ, विपुल गुरागाई, सम्झाना योङहाङ, गोपाल लाखे, पुरुषेतम राई लगायतलाई  निष्कासन गरिएको जानकारी दिइएकाे छ ।
पत्रकार भेटघाट कार्यक्रममा पार्टीका प्रदेश सदस्य पदमकुमारी राई, निर्वाचन क्षेत्र ५ (क) का अध्यक्ष दिपक न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६१० संक्रमितः १ जनाकाे मृत्यु
Next post नेपालमा आज ८९५ संक्रमितः १ जनाकाे मृत्यु