सरस्वतीको रेखदेख गर्ने जिम्मा युवा नेता पुरीलाई (फाेटाे फिचर)

२९ श्रावण २०७९/झापा
झापाको दमक वडा नं. ९ मा रहेको सरस्वती माविको रेखदेख गर्ने जिम्मा दमकका युवा नेता गगन पुरीकाे काँधमा परेकाे छ । विधालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएसँगै अाज देखि अाैचारिकरूपमा पुरीले विधालयकाे रेखदेख गर्ने जिम्मा लिनु भएकाे बताउनु भएकाे छ । विधालयमा अाज भएकाे स्वागत सम्मान कार्यक्रममा विधालयकाे गुणस्तर देखि भाैतिक विकासमा अाफू सक्रीय भएर लाग्ने बताउनु भयाे ।


यस्तै समितिको अन्य सदस्यहरुमा पुण्यप्रसाद भट्टराई, नगेन्द्रप्रसाद थापा, दिपा अर्याल, गोमादेवी कटुवाल, शुशिला अधिकारी, कुवेरप्रसाद भट्टराई (पदेन सदस्य(, डिल्लिराम मिश्र (शिक्षक प्रतिनिधि) र सदस्य सचीव नरवहादुर थापा छनौट भएका छन् ।
विधालयमा हाल कक्षा नर्सरी, फरक क्षमता भएका दृष्टि विहीन, अटिजम समेत गरी १२ सम्म १ हजार बढी विधार्थी अध्ययनरत रहेका छन् । २०२४ सालमा स्थापित भएको दमकको उच्च श्रेणीको पर्न सफल विधालयमा कम्पुटर सम्बन्धी कक्षा ९ देखि प्राविधिक विषय समेत पढाई हुँदै आएको विधालयका प्रध्यानाध्यापक नरबहादुर थापाले जानकारी दिनु भयो ।


विधालयमा कक्षा नर्सरी देखि १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा हुँदै आएको छ । सामुदायिक विधालयमा राम्रो नतिजा ल्याउँदै आएको विधालयमा ४८ जना स्टाफ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४५५ जना संक्रमितः २ जनाकाे मृत्यु
Next post ३ बर्षकाे डी. कौडिन्य पत्रकारिता पुरस्कार एकैसाथ शर्मा, पाठक र झापालीलाई प्रदान गरिने