३ बर्षकाे डी. कौडिन्य पत्रकारिता पुरस्कार एकैसाथ शर्मा, पाठक र झापालीलाई प्रदान गरिने
३० साउन २०७, झापा–डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई आगामी भदाै १ गते प्रदान गर्ने निर्णय भएको छ ।
कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) लाई प्रदान गरिने भएको हो ।
प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले ३ जना पुरस्कृत पत्रकारकाे छनौट गरेको हो ।
गठित समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सह सचिव पाठक र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशि जनही २१ हजार रहेको छ । पुरस्कार भदौ १ गते गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडमा बितरण गरिने प्रेस सेन्टर झापाका अध्यक्ष रेग्मीले जानकारी दिनु भयाे ।
आचार्यलाई तत्कालिन शाही सेनाले २०५९ साल साउन ७ गते हत्या चारआली व्यारेकमा हत्या गरेको थियो । त्रिभूवन विश्व विधालयबाट भाषा विज्ञानमा स्नातककाेत्तरसम्मकाे शिक्षा हासिल गरी प्राध्यापन मुख्य पेशा रहेकाे उहाँकाे साहित्य लेखन र पत्रकारितामा पनि त्यतिकै दखल थियाे । २०१९ सालमा जन्म भएकाे आचार्यकाे दुइ छाेरी र श्रीमती हुनु हुन्छ । जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित यो पुरस्कारबाट यस अघि चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भईसकेका छन् ।