Read Time:1 Minute, 0 Second
३१ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेसँगै मृत्यु हुनेकाे संख्या पनि बढेकाे हाे । पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ६ सय १९ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ५ सय २६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ५९ रहेकाे छ । नेपालमा आज काेराेना भाइरस संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ९० जना पुगेकाे छ ।
