समायोजन भएका स्वास्थ्य कर्मचारीलाई तलब स्थानीय तहबाट दिनु पर्ने

३१ साउन २०७९,काठमाडौं- समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

देशभरका सवै स्थानीय तहरलाइ मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीकाे हस्ताक्षरमा प्रेशित पत्रमा समायोजन भएका वा दोहोरो सहमतिका आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । स्थानीय तहले कर्मचारी मिलान गर्ने  र पुन फिर्ता गर्ने जस्ता कर्मचारीबाट गुनासाे प्राप्त भएकाले मन्त्रालयकाे मन्त्रि सहितकाे वैठककाे निर्णय अनुसार ७ सय ५३ वटै मन्त्रालयमा पत्र पठाइएकाे बताइएकाे छ ।

निर्देशनमा कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दीभित्रको रिक्त पद वा तहका लागि मात्र उपलब्ध गराउन भनिएको छ । यस्तै सहमतिका आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीका लागि तलबभत्ता बापतको रकम मन्त्रालयबाट निकास नहुने जानकारीसमेत पत्रमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काठ सहित ३ वटा मोटर साईकल नियन्त्रणमा
Next post नेपालमा आज ८४८ जना संक्रमितः १ जनाकाे मृत्यु