डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान (फाेटाे फिचर)
१ भाद्र२०७९, झापा–डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई आज एक कार्यक्रमबीच प्रदान गरिएकाे छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार २०७७ जीएन शर्मा, २०७८ राजु पाठक र २०७९ बर्षकाे लीलाराज खड्का (झापाली) लाई प्रदान गरिएकाे छ ।
नेकपा माअाेवादी केन्द्रका स्थायी कमिटी पूर्व संचारमन्त्रि कार्यक्रमका प्रमुख अतिथि राम कार्की, बिशेष अतिथि, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी, विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले सामुहिकरूपमा सम्मान गरेका छन् । पुरस्कृत तीन पत्रकारलाई जनही २१ हजार नगद, सम्मान पत्र र दाेसल्ला अाेढाएर सम्मान गरिएकाे छ । कार्यक्रममा प्रमुख अतिथि कार्कीले देवकुमार अाचार्य डी काैडिन्यले समाज परिवर्तनमा पुर्याएकाे याेगदान उच्च रहेकाले उहाँकाे सम्मानमा सवै मिलेर काम गर्नु पर्ने बताउनु भयाे । यस्तै कार्यक्रमका विशिष्ठ अतिथि माकेका केन्द्रिय सदस्य प्रदेश नम्बर एकका कृषि मन्त्री दर्लामी मगरले सम्मानित पत्रकारकाे थप प्रगतिकाे कामना गर्दै राज्य परिवर्तनमा अाचार्यले गर्नु भएकाे याेगदानलाइ भुल्न नहुने बताउनु भयाे ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा अध्यक्ष राजु आचार्य (अग्नि), नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, सहिद डी. कौडिन्यका धर्मपत्नी यमुना आचार्य, पुरस्कृत ब्यक्तित्वहरुको तर्फबाट जिएन शर्मालगायतले शुभकामना मन्तब्य राखेका छन् । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश महासचिव बिबेक गौतम, नेकपा माओवादी केन्द्र झापा जिल्ला सहइन्चार्जहरु सिपी कडरिया, ज्योतिसिं दर्लामी, प्रदेश सदस्यहरु कुबेर श्रेष्ठ, बासु दुलाल, सहकारी संघका प्रदेश सचिव भवानी दंगाल, उपमहासचिव राजन केडी, प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतम, प्रेस सेन्टर प्रदेश १ का अध्यक्ष बिबेक घिमिरे, मुख्य सचिव सुजन तिम्सिना, पत्रकार महासंघ प्रदेश १ का महासचिव बिबेक गौतम, प्रेस चौतारी झापा अध्यक्ष प्रकाश पौडेल, नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटी, फोनिज झापा अध्यक्ष भुमिका लिम्बू, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईं, माओवादी केन्द्र बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षहरु कमल कडरिया, जेबी जबेगु, सचिव गणेश कालिकोटे, अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमलालगायत संचारकर्मीहरूकाे नेतृत्वकाे उपस्थिती रहेकाे छ ।
सेन्टरका जिल्ला सचीव उदव पुरीले संचालन गर्नु भएकाे कार्यक्रममा प्राध्यापक, साहित्यकार तथा पत्रकार आचार्यकाे जीवनीबारे नेपाल पत्रकार महासंघ प्रदेश समिति काेषाध्यक्ष तथा प्रेश सेन्टर केन्द्रिय सचीव विमल लामिछानेले प्रष्ट पार्नु भयाे । आचार्यलाई तत्कालिन शाही सेनाले २०५९ साल साउन ७ गते हत्या चारआली व्यारेकमा हत्या गरेको थियो । त्रिभूवन विश्व विधालयबाट भाषा विज्ञानमा स्नातककाेत्तरसम्मकाे शिक्षा हासिल गरी प्राध्यापन मुख्य पेशा रहेकाे उहाँकाे साहित्य लेखन र पत्रकारितामा पनि त्यतिकै दखल थियाे । २०१९ सालमा जन्म भएकाे आचार्यकाे दुइ छाेरी र श्रीमती हुनु हुन्छ । जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित यो पुरस्कारबाट यस अघि चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भईसकेकाे सेन्टरका उपाध्यक्ष पार्थ मण्डलले जानकारी दिनु भयाे ।