जंगली हात्तीको क्षति रोक्न झापाका केही सामुदायिक बनहरुमा फलफुल रोप्न थालियो (फाेटाे फिचर)

२ भदौ २०७९/डोल्मा तामाङ

झापामा मानव र जंगली जनावरबीचको द्वन्द्व कम गर्न जंगलमा फलफुलका विरुवा रोप्ने कार्यलाई जोड दिन थालिएको छ । जिल्ला रहेका केही सामुदायिक बनले जंगल भित्रै फलफुलको विरुवा रोप्न थाले पछि खास गरी जंगली हात्ती गाउँतिर आउनेक्रम केही कम भएको छ । झापाका केही सामुदायिक बनहरुले जंगल क्षेत्रमा फलफुलका विरुवा रोप्ने कार्यलाई जोड दिएका छन् । जंगलमा जंगली जनावरको आहरा नभएकाले मानव र जनावरबीचको द्वन्द्व कम गर्न पनि कार्य योजना बनाएरै फलफुल रोपाईलाई तिव्रता दिन थालिएको जामुनखाडी सामुदायिक बनका अध्यक्ष ख्यामराज सिटौलाले बताउनु भयो । सिटाैलाका अनुसार गत बर्ष पनि केही फलफूल राेपिएका छन् । चालु अार्थिक बर्षमा कार्ययाेजना नै बनाएर राेपाइ थालिएकाे बताउनु भयाे ।

यस्तै यता दमकमा रहेको हंसेदुम्से सामुदायिक बनले समेत फलफुलका विरुवा लगाउन थालेको छ । नयाँ नेतृत्वले बन संरक्षण र आम्दानी दुवै हुने खालको विरुवा रोप्ने कार्यलाई दिव्रता दिइएको बनका सचीव लत्ता चापागाईंले बताउनु भयो । यस अघ वेलडाँगी १ भूटानी शरणार्थी बसाेवास गरेर खाली बनेकाे क्षेत्रमा यस अघि उन्नत जातकाे अाँप राेपिएकाे छ । हात्तीलाइ लक्षित गरी अन्य केरा, बाँस समेत राेप्ने याेजनामा रहेकाे बनका अध्यक्ष चन्द्रप्रसाद निराैलाले बताउनु भयाे ।

बनमा लगाइएको फलफूलका विरुवा हुर्कन थाले पछि खासगरी जंगली जनावरको आहरा परिपुर्तीमा सहज हुन थालेको छ । झापा जिल्लामा खास गरी जंगल क्षेत्र आसपास जंगली हात्तीले दुःख दिने गरेकाले पछिल्लो समय हात्तीले खाने विरुवा रोप्न थालिएको बन क्षेत्रका उपभोक्ता तथा जामुनबाडी सामुदायिक बनका कार्य समिति सदस्य पदम पुलामी मगरले बताएका छन् ।  एक दशक यता मात्र झापामा हात्ती र मानवबीचको द्वन्द्वले ५२ जना मानिस र १५ वटा हात्तीको मृत्यु भईसकेको छ । पछिल्लो समय जंगल भित्रै फलफुलका विरुवाहरु रोप्न थालेकाले मानव र जनावरबीचको द्वन्द्वले हुने क्षति कम हुँदै जाने बन क्षेत्रका अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५४२ जना संक्रमित
Next post निर्वाचनका लागि कर्मचारी व्यवस्थापनका गर्न आयोगको पाँच बुँदे निर्देशन