४ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ३७ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ५ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाकाे मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेनका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ९२ जना पुगेकाे छ ।
