काेराेनाले छेकेन यसपाली झापामाः रथ यात्रा भव्य बन्दै (फाेटाे फिचर)

४ भदौ २०७९/सारासन्देश समाचार
दुई बर्ष कोरोना कहरले रोकिएको रथ यात्रा यस बर्ष झापामा भने भव्यरुपमा निकालिएको छ । जिल्लाका मुख्य शहरहरुमा कोरोना संक्रमणको समेत वेवास्ता गर्दै रथयात्रा निकालिएको हो ।
पछिल्लो समय झापा जिल्लामा समेत भगवान श्रीकृष्ण प्रति आस्था राख्ने भक्तजनले रथ यात्रा निकाल्ने प्रचलन बढेर गएको छ । जिल्लाका विभिन्न शहरहरुमा आज रथ यात्रा निकालिएको छ । कृष्ण जन्मअष्टमीको भोलि पल्ट मंदिरमा सजाएर राखिएको श्रीकृष्णको रथलाई बजार क्षेत्र परिक्रमा गराउने चलन बढेको भक्तजनले बताएका छन् । यस अघि सामान्यरुपमा मात्र मनाइदै आएको कृष्णाजन्माष्टमी पछिल्लो समय व्यापक बन्दै गएको छ ।

झापाको दमक श्रीकृष्ण रथयात्रा समितिको आयोजनामा यस बर्ष व्यापक भक्तजनको उपस्थितिमा यात्रा निकालिएको छ । यस्तै झापाको सिमावर्ती क्षेत्र गौरीगंज गाऊँपालिकाले समेत बजार क्षेत्रमा रथ परिक्रमा गराएको छ ।
विभिन्न संघसंस्थाको सहयोग निकालिएको रथयात्राले पछिल्लो समय धार्मिक एकता र विभिन्न समूदायबीच सदभाव समेत बृद्धि भएर जाने गरेको धर्मगुरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २९९ जना संक्रमितः२ जनाकाे मृत्यु
Next post शरणार्थी शिविरमा कम्पुटर शिक्षालय (फाेटाे फिचर)