आगलागीमा परेर भूटानी शरणार्थी बृद्धको मृत्यु


२७ पौष २०७७, दमक – झापाको भूटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भूटानी शरणार्थी वेलडाँगीको सेक्टर डी ४ घर नम्बर ३२५ का प्यारालाईसीस रोगी ६५ बर्षीय देशमान राईको मृत्यु भएको शसस्त्र प्रहरी सुरक्षा वेश बेलडाँगीले जानकारी दिएको छ । घरमा कोही नभएको वेला एक्कासी आगो लागेकोले कसैले लगाएको भन्ने शंका गरे पनि चुलोबाट आगो लागेको हुन सक्ने प्रहरीले आशंका गरेको शसस्त्र प्रहरी निरीक्षक सियाराम चौधरीले बताउनु भयो ।


आगलागीमा परेर जलेका बृद्धको लाख नचिने पेट समेत फुटेको मृत अवस्थामा निकालिएको प्रहरीले जानकारी दिएको छ । तर छिमेकीका अनुसार मृतककाे श्रीमती र नातिनी नजिककै छिमेकीकाे घरमा टीभी हेर्दै गरेकाे अवस्थामा एक्कासी अागाे लागेकाे परिवारले छिमेकीलाइ बताएकाे भूटानी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरूङले बताउनु भयाे । छोरा मनबहादुर राई भने छुटिएर बसेकाे र कान्छा छाेरा घरमा नभएकाे वेला साँझ साढे सातबजे तिर आगलागी भएको छिमेकीहरुले बताएका छन् । लाशको पोष्टमार्टमका लागि दमक लगिएको प्रहरीले जानकारी दिएकोछ ।

अागलागी हुँदा अपाङ्ग मानिस भित्र छ भन्ने थाहा नभएर घटना भएकाे छिमेकीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुख्यमन्त्री राई लगायत आठ जनालाई निलम्बन
Next post नेपालमा गत २४ घण्टामा ४३० संक्रमित थपिए