शरणार्थी शिविरमा कम्पुटर शिक्षालय (फाेटाे फिचर)

४ भदौ २०७९/झापा
शरणार्थी दातृ निकायले हात निकाले पछि समस्यामा परेका भूटानी शरणार्थीहरुलाई तेस्रो मुलुक गएका भूटानीको सहयोग कम्पुटर शिक्षा शिक्षालय खोलिएको छ । शिक्षाबाट बन्चित बन्दै गएका भूटानी शरणार्थी र स्थानीय समूदायका बालबालिकालाई लक्षित गरी कम्पुटर शिक्षालयको उद्घाटन गरिएको हो । भूटानी शरणार्थी महिला मञ्चको पुरानो भवनलाई मर्मत गरी शिक्षालय निर्माण गरिएको सहयोगी संस्था पूण्य फाउण्डेशनका नेपालका अध्यक्ष मोहनकुमार निरौलाले बताउनु भयो ।


कम्पुटर शिक्षालयमा शरणार्थी शिविर र स्थानीय समूदायका विधार्थीलाई शीप प्रदान गर्न थप आवश्यक सहयोग गर्न आफू तत्पर रहेको कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनु भयो । यस्तै उहाँले स्वदेश फर्कन चाहाने शरणार्थीलाई आवश्यक पहलमा स्थानीय सरकारले गर्ने पहलमा आफूले सहयोग गर्ने बताउनु भयो । भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले स्वागत मन्तव्य राखेर शुरु गरिएको कार्यक्रममा दमक नगरका प्रमुख थापाले रिवन काटेर शिक्षालयको उद्टाटन गर्नु भयो ।

कार्याक्रममा पूर्व शिविर राजमान गुरुङ्ग, पूर्व शिविरका शिविर सुपरीवेक्षक यज्ञराज निरौला, क्यारिटस नेपालका पूर्व कर्मचारी एलएन पोखरेल, शिक्षक पूर्ण गुरुङ्ग, सितोरिया कराते अफ भूटानका अध्यक्ष एनबी गुरुङ्ग, इन्ट्रा फाउण्डेशनका राम बानियाँ लगायतले शरणार्थी शिविरमा कम्पुटर शिक्षालयको स्थानपनाले स्वरोजगारीमा समेत टेवा पुग्ने बताएका छन् ।
फेन्स क्लव भूटानको संयोजनमा उद्घाटन गरिएको शिक्षालयमा निशुल्क अध्यापन गराईने व्यवस्था मिलाइएको क्लवका अध्यक्ष युवराज साङपाङ राईले बताउनु भयो । राईका अनुसार शिविर र शिविर आसपासका समूदायबाट समेत विधार्थीहरुको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेराेनाले छेकेन यसपाली झापामाः रथ यात्रा भव्य बन्दै (फाेटाे फिचर)
Next post नेपालमा आज २८६ जना संक्रमित