झापामा स्वदेशी हाइव्रिड धान खेतीकाे प्रयाेग र अनुसन्धान बढ्दै

८ भदौ २०७९/डिकेश लामा

झापा जिल्लामा स्वदेशी हाइव्रिड धान खेतीलाई प्राथमिकता दिन थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ धान सुपरजोनले विऊ, मल, सिंचाई लगायतमा अनुदान दिन थाले पछि दुई बर्ष यता किसानले स्वदेशी हाइव्रिड धान रोप्न थालेका छन् ।अन्य धानको तुलनामा उपादकत्व धेरै भएको स्वदेशी हाइव्रिड धान खेतीलाई किसानले जोड दिन थालेका छन् । नेपालमै उत्पादन गरिएको हाइव्रिड विऊ अन्तर्गत बहुगुणी, हर्दिनाथ १ र ३ विऊ अन्य धान भन्दा धेरै फल्ने भएकाले यसलाई जोड दिन थालेको खेतीमा लागेका किसानले बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकण परियोजना कार्यान्वयन इकाइ धान सुपरजोनले जिल्लामा विभिन्न कृषि समूह तथा सहकारीमा दुई बर्ष अघि देखि स्वेदशी हाइव्रिडमा खेती थालिएको हो । अन्य धान भन्दा धेरै फल्ने हाइव्रिड धानको खेतीले किसानलाई समेत फाइदा पुग्ने देखिएकाले यसलाई कार्यक्रम बनाएर नै जोड दिन थालिएको धान सुपरजोन कार्यन्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार दुई बर्ष देखि हाइव्रिड धानको विऊ रोपेर हेर्दा अन्य धान भन्दा उत्पादकत्व धेरै रहेको पाइएको बताउनु भयो । धेरै फल्ने भए पछि किसानले हाइव्रिड खेती गर्नु पर्नेमा लाग्न थालेका छन् ।
किसानहरु थोरै क्षेत्रमा धेरै उत्पादन गर्न पछिल्लो समय हाइव्रिड खेती र विऊ उत्पादनमा लागेका छन् । सामान्य धान भन्दा विऊ धानको मुल्य उच्च हुने भएकाले पनि झापाका गौरादह क्षेत्रमा ४ सय भन्दा धेरै किसान विऊ उत्पादनमा लागेको महारानी झोडा साना किसान कृषि सहकारी संस्था मार्फत संचालित सामुदायिक विऊ प्रशोधन तथा भण्डारण केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो । विष्टका अनुसार खयन धानको भन्दा विऊ धानको मुल्य समेत धेरै हुने भएकाले पछिल्लो समय गौरादह क्षेत्रका धेरै किसानले विऊ धान उत्पादनमा जोड दिन थालेका छन् । सामन्य धान भन्दा केही मेहनेत गरेर खेती गर्नु पर्ने हाइव्रिड धान खेती अन्य धान भन्दा धेरै नै फल्ने गरेको छ । चैते धानमा हर्दिनाथ १ र ३ को प्रयोग गरिएको छ भने बर्षे धानमा बहुगुणी प्रयोगमा ल्याउन थालिएको कृषि ज्ञान केन्द्र झापाका बागवानी बाली अधिकृत अंकित भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार अझै पनि भारतबाट आउने रन्जित धानको रोपाइलाई नै प्रसय दिइएको छ । रन्जित धान रोप्दा क्षती भएमा सरकारले सिफारिस नगरेको विऊ भएकाले समस्या समेत हुने गरेको उहाँले बताउनु भयो ।

नेपालमा सवैभन्दा धेरै धान खेती हुने झापामा यस बर्ष गत बर्ष भन्दा ३ प्रतिशत धेरै क्षेत्रमा रोपाई भइसेको छ । गत साउन मसान्तसम्ममै ८७ हजार ५ हेक्टर क्षेत्रफलमा हुने धान खेतीको ९८ प्रतिशत खेती भईसकेको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४८७ जना संक्रमितः १ जनाकाे मृत्यु
Next post नेपालमा आज ४४४ जना संक्रमितः ३ जनाकाे मृत्यु