नेपालमा आज ३२४ जना संक्रमितः १ जनाकाे मृत्यु

१० भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५ सय १५ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै काेराेनाका कारण पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएृकाे छ  । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ९९ पुगेकाे छ । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या ३ हजार ९ सय ४३ रहेकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post MOSTBET AZ CASINO MOSBET KAZIN
Next post नदि तर्दा जोखिमसँगै कर असुलीले यात्रुलाई सास्ती, १० बर्षमा पनि बनेन हुलाकीका ३ वटा पुल (फाेटाे फिचर)