नदि तर्दा जोखिमसँगै कर असुलीले यात्रुलाई सास्ती, १० बर्षमा पनि बनेन हुलाकीका ३ वटा पुल (फाेटाे फिचर)

१० भदौ २०७९/डिकेश लामा

दक्षिणी झापाका मानिसहरु बर्षौं देखि नदि तरेको पैसा तिरेर जोखिम यात्रा गर्न बाध्य छन् । संघीय सरकार आए पनि नदिमा डुङ्गा चलाए वापत कर लगाए पछि अझै महँगो शुल्क तिरेर नदि तथा खोला तर्नु पर्ने बाध्यता हट्न सकेको छैन ।

बर्षातको समयमा दक्षिणी झापामा झण्डै आधा दर्जन स्थानमा नियमित डुङ्गा चल्ने गर्छन् । ती डुङगामा माझीले बाहेक स्थानीय सरकारले समेत ठेक्का लगाई कर असु्ल्ने कार्य गर्दै आएका छन् । सरकारले जनतालाई सुविधा दिनुको सट्टा कर असुलेर थप सास्ती दिएको जोखिम यात्रा गर्नु पर्ने स्थानीयले कुलदेव ताजपुरियाले बताउनु भयो । रतुवा खोलामा बने पनि पुल एकातिर खोला अर्कोतिर हुँदा समस्या भोग्नु परेको छ । रतुवा नदिमा पुल बन्न थालेको १४ बर्ष वितिसकेको छ । हुलाकी सडक खण्डमा पर्ने मोरङ्ग र झापाको सिमानाको रतुवा पुलले पुर्णता नपाउँदा दैनिक सयौं यात्रुहरु पैसा तिरेर पनि डुङ्गाको भरमा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यतामा रहेका छन् । आर्थिक बर्ष २०६४/०६५ मा कालिका ओसिए जेभीले लिएको ठेक्का १४ बर्ष वितिसक्दा समेत पुरा हुन सकेको छैन ।

१० करोडमा ३२ लाख ९१ हजार रुपयाँ लिएको ठेक्काले पुल नदिको आधा भाग पनि नढाक्ने भए पछि समस्या आएको गौरीगंज गाउँपालिकाका प्रवक्ता वद्रिनारायण यादवले बताउनु भयो । पुल छोटो भए पछि यस अघि मोरङ्गको रतुवामाई र झापाको गौरीगंज दुई वटा स्थानीय तहले बालुवाको बाँध उठाएर सडक संचालन समेत गरेका थिए । तर बर्षातको बाढीले झण्डै २० लाख रुपयाँ लगानी गरेर बनाएको बाँध बगाए पछि सो क्षेत्रका बर्षौंको सास्ती उस्तै रहेको गौरीगंज गाउँपालिका वडा नं. ५ का श्यामकुमार गन्गाईले बताउनु भयो ।

खासगरी पुल बनाउँन थालेको एक दशक समय नाघेको क्षेत्र कन्काई, विरीङ, रतुवा लगायतका नदि तथा खोलाका विभिन्न स्थानमा बर्षातमा दैनिक सयौं यात्रुहरुको नदि पार गर्ने एउटै उपाय डुङ्गा हो । पहिले देखि नै ठेक्का लगाउने चलन भएकाले आफूहरुले पनि यो बर्ष कन्काइ र रतुवाका लागि ढेड लाख रुपयाँमा ठेक्का लगाएको गौरीगंज गाऊँपालिकाकी नवनिर्वाचित अध्यक्ष फुलबति राजवंशीले बताउनु भयो । अध्यक्ष राजवंशीका अनुसार यस अघि लार्पावाहीरुपमा रकम असुल्दै आएकोले त्यसलाई व्यवस्थित गरिएको छ । उहाँका अनुसार बाइकका लागि ५०, साइकल र मान्छेको ३० र मानिसका २० रुपयाँ शुल्क तोकिएको छ ।

तर यता डुङ्गा संचालकले भने तोकिएको भन्दा महँगो शुल्क लिने गरेका छन् । पालिकाले तोके भन्दा धेरै रकम असुल्ने गरेको भन्दै स्थानीयले गुनासो समेत पोख्दै आएका छन् ।

कहिले बन्छन् हुलाकी सडकका ३ वटा पुलहरू?

मुख्य हुलाकी सडकको बाटो भएर बर्षातको समयमा पनि दैनिक ५ सय देखि एक हजारसम्म मानिसहरुको आवात जावत हुने गर्दछ । १० बर्ष देखि बनाउन थालिएको पुल अझै नबेकाले यात्रुहरुले जोखिमसँगै पैसा तिरेर यात्रा गर्नु पर्ने बाध्यता रहेको उनीहरुले गुनासो पोखेका छन् । डुङगाबाट नदि तथा खोला तर्दा पैसासँगै जोखिम यात्रा हटाउनका लागि चाँडो पुल निर्माण गर्न सरकारले निर्माण कम्पनिलाई दबाव दिनु पर्ने माग गर्दै आएका छन् । तर संघीय सरकारले ५ बर्षको अभ्यास गरिसक्दा समेत पुल निर्माणको कामले खासै गति नलिएको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३२४ जना संक्रमितः १ जनाकाे मृत्यु
Next post नेपालमा आज १७३ संक्रमित, ३९६ जना निकाे