सिमाको सडकले सहजता थप्दैः कोरोनाले निर्धारित समयमा काम हुन सकेन (फाेटाे फिचर)

११ भदौ २०७९/डिकेश लामा

कोरोना कहरले निर्माण रोकिएका झापाका धेरै सडकहरुले यस बर्ष तिव्रता पाएका छन् । निर्माण सम्पन्न भएका भारतीय सिमा जोडिने सडकले बर्षौं देखिको सास्ती र समस्या समेत अन्त्य हुँदै जान थालेको छ । बहुवर्षीय योजनाको रुपमा ३ बर्ष अघि शुरु गरेको सडकले दक्षिणी भारतीय क्षेत्र गौरीगंज १ को चउरी देखि शिवसताक्षी नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र सतासीधाम जोड्ने सडक निर्माणको अन्तिम अवस्थामा पुगेको छ । उत्तरी र दक्षिणी भूभागमा आएको अवरोधले केही ढिला भएको भए पनि साढे १७ किलो मिटर बढी क्षेत्रमा कालो पत्रे भए पछि सो क्षेत्रका बासिन्दाले बर्षौंको सास्ती समाप्त भएको महशुष गरेको स्थानीय बासिन्दा गौरीगंज वडा नं. १ का सन्तोष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार विरामी हुँदा समयमा अस्पताल नपुर्याउन नसक्दा सडककै अभावमा धेरै मानिसले ज्यान समेत गुमाउनु पर्यो । तर अहिले झापाको दुर्गम क्षेत्रको रुपमा मानिएको भारतीय सिमावर्ती क्षेत्र गौरीगंज १ को चउरी बस्तीमा कालो पत्रे सडक पुगेसँगै बर्षौंको सास्ती अन्त्य भएको छ ।

त्यसो त सडकको काम अझै पुरा हुन सकेको छैन । चुरे क्षेत्र सतासीधान देखि चउरीसम्मको २७ किलो मिटरको सडक २०७६ साउन ६ गते इलामको रौताह खनाल जेभीले २ बर्षमा सक्ने गरी काम शुरु गरेको हो । कोरोना कहरका कारण केही ढिलो भए पनि बहुवर्षीय योजनाको सडक यो बर्ष पुरा हुने भौतिक पूर्वाधार विकास डिभिजन कार्यलय झापाका इन्जिनियर लक्ष्मिप्रसाद सापकोटाले बताउनु भयो ।

३५ करोड २६ लाख बजेटमा निर्माण थालिएको सडकको दक्षिणी क्षेत्रको १७ किलो मिटर भाग कालोपत्रे भईसकेको छ । उत्तरी क्षेत्रको बनको प्राराम्भिक वातावरण प्रतिवेदनको रिर्पोट ढिलो भएकाले सडकको कार्य केही ढिलो भएको छ । यस्तै दक्षिणी भूभागमा देवीगाढा भन्ने स्थानबाट पसेको कन्काइको बाढीले बाटो बगाएकाले ढिलो भएको छ । तथापि दक्षिणी भेगमा हुलाकी सडक सजोडिए पछि दुर्गम मानिएको क्षेत्रका जग्गाको मुल्य समेत बृद्धि भएको स्थानीय अगुवा रामप्रसाद प्रसाईंले बताउनु भयो । कोरोना कहरले २ बर्ष अघि सडक पूर्वाधारको भौतिक तथा वित्तीय प्रगति आधा पनि हुन सकेको थिएन । तर गएको आर्थिक बर्ष ९७ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १७३ संक्रमित, ३९६ जना निकाे
Next post नेपालमा आज २०२ जना संक्रमितः १ जनाकाे मृत्यु