११ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । दुइ दिन यता संक्रमण केही घट्न थालेकाे छ । सो अवधिमा ३ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै काेराेनाका कारण पछिल्लाे २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या ३ हजार ६ सय १२ रहेकाे छ ।
