झापाको उच्च भूभागमा ठूल्ठूला भूमिगत सिंचाई योजना शुरु

१ माघ २०७७/डिकेश लामा (झापा)

झापाको सतह सिंचाई हुन नसकेको उच्च भूभाग लक्षित भूमिगत सिंचाईको योजना शुरु गरिएको छ । संघीय सरकारको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत समृद्ध तराई मधेस सिंचाई विशेष कार्याक्रम मार्फत ठूलो क्षेत्रमा सिंचाई योजना थालनी गरिएको हो ।

झापाको सतह सिंचाई संभव नभएका उच्च र खोला तथा नदि देखि टाढा रहेका क्षेत्रमा भूमिगत सिंचाई संचालनको तयारी थालिएको छ । जलस्रोत तथा सिंचाई विभाग मार्फत झापाको दक्षिण गौरीगंज सिमावर्ती क्षेत्रमा सिंचाई योजना निर्माण थालिए पछि बर्षौं देखि पानीको अभावमा हिउँदमा बाँझै जमिन राख्ने किसानहरु खुशी बनेका छन् ।

कोरोना संक्रमणका कारण गत बर्ष रोकिएका ८ वटा योजनाको निर्माण थालिएको छ । एउटा योजना सम्पन्न गर्न ७० देखि ७५ लाख खर्च हुने गर्छ । एउटा भूमिगत सिंचाईले ४० हेक्टर जमिनलाई सिंचाई गर्न सकिने कार्याक्रमका विभागीय विशेषज्ञ अम्बरबहादुर चन्द ठकुरीले बताउनु भयो ।

प्रदेशसभा सांसद झलकसिंह दर्लामीको पहलमा झापाको निर्वाचन क्षेत्र नं. ४ को एकमा मात्र २० वटा मझौला र ३ वटा ठूला भूमिगत सिंचाई योजना शुरु गरिएको छ । कुलो तथा नहरको पहँुच पुग्न नसकेको पानीको समस्या भएको क्षेत्रमा संघीय सरकारको बजेटबाट कार्याक्रम थालिएको सांसद दर्लामीका स्वकीय सचीव दुर्गा नेम्बाङ्गले बताउनु भयो ।

झापामा अघिल्लो र यो आर्थिक बर्ष गरी १८ वटा ठूला भूमिगत सिंचाइ योजना संचालनको योजना परेको छ । यी योजना संचालन भई सक्दा आगामी बर्षभित्र १ हजार ६ धेरै क्षेत्रफलमा सिंचाई हुने सिंचाई विशेष कार्याक्रमले जानकारी दिएको छ ।

भिडियाे हेर्न तलकाे लिंक थिच्नुहाेस् ।

https://www.facebook.com/116387043550730/videos/2542298919404707

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रतिनिधिसभा विघटनकाे मुद्दा ‘हेर्दाहेर्दैमा’ थाती : अर्को इजलास शुक्रबार
Next post नेपालमा आज ४०५ निकाे, ४०३ संक्रमितः ६ जनाकाे मृत्यु