भारतबाट ल्याइएका अवैध चिनी बरामद
१९ भदौ २०७९/सारासन्देश समाचार
चाडबाढ नजिकिएसँगै अवैधरुपमा भारतबाट घरायसी प्रयोजनमा प्रयोग हुने सामानहरु भित्रनेक्रम बढेको छ । यसैक्रममा झापाको दक्षिणी सिमा बाह्रदशी गाउँपालिका वडा नं. ३ क्षेत्रबाट अवैधरुपमा भारतबाट ल्याइएका ४० बोरा चिनी आज बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको गस्ती टोलीले फेला पारी १ लाख ३० हजार मुल्यको चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको चिनी थप अनुसन्धान र कार्वाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ । यस अघि पनि गौरीगंज गाउँपालिका वडा नं. ५ मा भारतबाट ल्याइ लुकाएर राखेको ग्वाली घरबाट ३१ बोरो चिनी इलाका प्रहरी कार्यालय गौरीगंजले बरामद गरेको थियो ।
More Stories
माइ मेलाको मोह बढ्दैः एकै दिन ५० हजार बढी भक्तजन (फाेटाे/भिडियाे फिचर)
१ माघ २०८१/डिकेश लामा पूर्वी नेपालमा झण्डै ५ दशक देखि माघे संक्रातीमा लाग्ने माइ मेलाको मोह बर्षेनी बढ्दै गएको छ...
ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र...
उपचार खर्च नहुँदा मृत्यु पर्खेर पीडामा बाँचेका छन् तामाङः सहयोगका लागि अपील
कृपया सके सहयाेग गराैं, नसके शेयर गरेर सहयाेगी मनसम्म पुर्याउन सवैले सहयाेग गराैं २२ पौष २०८१, सारासन्देश समाचार इलामको फाकफोकथुम–२,...
सिमसार क्षेत्र आम्दानीको स्रोत बन्दैः डुङ्गाले तान्याे पर्यटक (फाेटाे फिचर)
१८ पुस २०८१/डिकेश लामा झापाका सिमसार क्षेत्रहरुमा पछिल्लो समय डुङ्गा सयर प्रति पर्यटकको आकार्षण बढ्दै गएको छ । बनभोज खाने...
अण्डाको प्रयोग बढाउन कार्यक्रम शुरु
१६ पुस २०८१, झापा १२ औं राष्ट्रिय पोल्ट्री दिवशको अवसरमा आज देखि अण्डाको प्रयोगलाई प्रोत्साहन गर्न कार्याक्रम शुरु गरिएको छ...
बर्तमान सरकार भ्रष्टचारीको संरक्षणमा लागेको प्रचण्डकाे भनाइः गिरीबन्धुकाे पर्धाफाँस गरेरै छाड्ने (भिडियाे)
१५ पुस २०८१/झापा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सरकारले भ्रष्टचारीको पक्षमा काम गरेको...