दमकका विपन्न लघु उद्यमीलाई मेशिन वितरण
१९ भदौ २०७९/सारा सन्देश समाचार
दमक नगरपालिका क्षेत्रमा बसोवास गर्ने विपन्नलाई उद्यमी बनाउन विभिन्न मेशिनरी सामाग्री वितरण गरिएको छ ।
दमक नगरपालिकाको २, ४, ७ र १० वडाका लघु उद्यमीलाई ५८ वटा मेशिन वितरण गरिएको छ । नगरका प्रमुख राम थापा सहित उद्यम सिकाउने सामाजिक विकास शाखाका कर्मचारीले धिमाल जातीको पेटानी बुन्ने मेशिन, लुगा तथा जुता सिलाउने मेशिन, केक बनाउने मेशिन, बंगुरको दाना बनाउने मेशिन वितरण गरिएको शाखाका अधिकृत डम्बर बरालले जानकारी दिनु भयो । बरालका अनुसार ५ लाख रुपयाँ मुल्य बराबरको मेशिन वितरण गरिएको छ । कार्याक्रममा महिलाहरुले शीप सिकेर मेहेनतको साथ काम थालेको अनुगमनमा पुग्नु भएकी उपप्रमुख रेगिना भट्टराईले बताउनु भयो ।
यस अघि २ देखि ३ महिना तालिम लिएका ग्रामिण क्षेत्रका विपन्नलाई उद्यमी बनाउन संघीय सरकार अन्तर्गत उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोगमा मेशिन वितरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख थापाले शिप सिकेर त्यतिकै बस्नु पर्ने अवस्था सृजना हुन नदिन आवश्यक बजेट र मेशिन तथा औजार वितरणमा जोड दिने बताउनु भयो । यस्तै उहाँले नयाँ निर्माणधीन भवनको काम सकेर १२ महिना उपयोगी शीपमुलक तालिम संचालन गरेर गरिबी न्यूनिकरणमा सक्दो कार्य गर्ने समेत बताउनु भयो ।
मेशिन लिने महिलाहरुले तालिमसँगै शीपको सदुपयोग गर्न पाएकोमा जिविकोपार्जनमा टेवा पुग्ने बताएका छन् ।