नेपालमा आज १७९ जना संक्रमित

२८ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ  । ५ हजार ५९ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या तटस्थ रहेकाे छ । सो अवधिमा १ सय २६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या २ हजार २ सय ३२ रहेकाे छ  । यसैगरी पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । नेपालमा काेराेनाका कारण हालसम्म मृत्यु हुनेकाे संख्या १२ हजार १५ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १७९ जना संक्रमितः १ जनाकाे मृत्यु
Next post भूटानी शरणार्थी शिविर वेलडाँगीमा निशल्क कम्पुटर शिक्षाले सहज