नेपालमा आज ६३ जना संक्रमित

१ असाेज २०७९,काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७ सय ४० नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा १ सय ३१ सङ्क्रमणमुक्त भएका छन् । यसैगरी देशभर काेराेना संक्रमितकाे संख्या १ हजार १ सय २८ जना रहेकाे छ । पछिल्लाे २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । नेपालमा हालसम्म १२ हजार १^ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शिवसताक्षीमा आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति गठन
Next post चाड पर्व लक्षित नयाँ मोटरसाइकलहरू बजारमा अाउन थाले