0 0
Read Time:2 Minute, 34 Second

१ अशाेज २०७९, झापा– चाडबाड नजिकिएसँगै विभिन्न ब्राण्ड र कम्पनिका माेटर साइकलहरू बजारमा अाउन थालेका छन् ।  चाडबाडले गर्दा पूर्वी नेपालका ठूला बजारमा रहेका टीभीएस, सुजकी, यामाह लगायतले नयाँ डिजायनका माेटरसाइकल बजारमा ल्याउने हाेड नै चल्न थालेकाे छ । यसैबीच दमकमा बजाज कम्पनीले पल्सर १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । दमक ५ स्थित आधिकारिक विक्रेता (सोरुम) राजेश मोट्र्स प्रा.लि.ले कार्यक्रम गरी नयाँ मोडलको सो मोटरसाइकल सार्वजनिक गरेको हो । राजेश मोट्र्सका सञ्चालक राजेश राजेश बुढाथोकी र प्रभु बैंक दमक शाखा प्रबन्धक रोसन संग्रौलाले संयुक्त रुपमा मोटरसाइकलको सार्वजनिक गरेका छन् ।

नेपाली बजार र चाडपर्वलाई लक्षित गर्दै आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने सञ्चालक राजेश बुढाथोकीले जानकारी दिनु भयाे । सो मोटरसाइकलको माइलेज प्रति लिटर ६५ किलोमिटर रहेको कम्पनीको दावी छ । पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ सिरिजकै बढी डिजाइनमा तयार गरिएको हो । १२५ एनएस मा १२० दशमलव ४५ सीसीको सिंगल सिलिन्डर,एयरकुल्ड, २ भल्व इलेक्टोनिक्स इन्जिनको प्रयोग भएको छ । यसमा ५ स्पीडको गियर बक्स, पछाडी १३० एमएमको ड्रम ब्रेक दिएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ । बजाज मोटर्सले हरेक दिन उत्कृष्ट मुल्यांकनका साथ एक्सचेन्ज सुविधा दिने र चाडपर्व लक्षित विभिन्न अफरसहित यात्रालाई तनाबमुक्त बनाउँदै फ्रि सर्भिस समेत चलाउने जनाइएको छ । यही ३ असोजदेखि ७ असोजसम्म फ्रि सर्भिस सेवा दिनेछ भने ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत छुट, इन्जिन ओएलमा २५ प्रतिशत छुट, स्पेयर पार्टसमा १० प्रतिशत, टायरमा १० प्रतिशत लगायत अफर रहेको बताइएकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *