झापामा बर्षेनी ३ सय धेरैको आत्माहत्याः न्यूनिकरणका लागि सचेतना

२ असोज २०७९/सारासन्देश समाचार
झापा–पूर्वी नेपालमा आत्माहत्या अधिक बढ्न थाले पछि न्यूनिकरणका लािग सचेतनामा जोड दिन थालिएको छ । झापामा बर्सेनी ३ सय बढीले आत्महत्या गर्ने गरेको पाइएको छ । पछिल्लो तीन आर्थिक वर्षमा प्रत्येक वर्ष ३ सय बढीले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार पछिल्लो ३ बर्षमा ८ सय ६८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको आयोजनामा आज दमकमा गरिएको सचेतना कार्याक्रममा जानकारी दिइएको छ । यो बर्षको पछिल्लो एक महिनामा मात्र २९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
कार्याक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आत्महत्या न्यूनीकरणमा स्थानीय तहले पनि वार्षिक कार्यक्रम नै ल्याउनु पर्ने बताउनु भयो । प्रजिअ रिजालले अप्ठेरोमा परेकालाई समयमै सहयोग गर्न सके आत्महत्या न्यूनीकरण हुनसक्ने बताउनु भयो ।
आत्महत्या गर्नेमा ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला रहेका छन् । उमेर समूहका आधारमा सबैभन्दा धेरै १६ देखि ६० वर्ष उमेरका व्यक्तिले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । पूर्वी नेपालको प्रदेश नम्बर एकमा सवै भन्दा धेरै १ हजार ४ सय ८९ जनाले आत्मा हत्या गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेना घट्दैः आज ५९ जना संक्रमित
Next post नेत्रविहीनलाई शिक्षा दिन पुस्तक र सहयाेग